शक्ति बाँडफाँडमा ओली- प्रचण्ड सहमति गर्ने तयारी

1569753929.oli-prachanda_dVG9B74z54 असार १९,काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शक्ति बाँडफाँडमा केन्द्रित रहेको छ। बालुवाटारमा जारी छलफलमा प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेल र प्रचण्डले स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई पनि सँगै राखेका छन्।

२०७५ जेठ ५ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता हुनु अघि भएको पाँच बँुदे सहमतिको चौथो बुँदामा समानता र समान अवधिका आधारमा आवश्यकता अनुरुप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने उल्लेख थियो।

उक्त सहमतिको साक्षीका रूपमा प्रधानमन्त्री ओलीका तर्फबाट पौडेल र प्रचण्डका तर्फबाट शर्माले हस्ताक्षर गरेका थिए।  शुक्रबार दुई अध्यक्षबीच जारी बैठकमा पौडेल र शर्मा सहभागी हुनुलाई अर्थ पूर्ण रुपमा हेरिएको छ।

स्रोतका अनुसार बैठकमा दुई अध्यक्षबीच शक्ति बाँडफाँडका विषयमा लिखित सहमति गर्ने तयारी भएको छ। मन्त्रिपरिषद हेरफेर, सहमतिका आधारमा राजनीतिक नियुक्त र पार्टीको निर्देशन अनुसार सरकार संचालन गर्ने लगायतका विषयमा छलफल केन्द्रित रहेको छ।

मदन भण्डारी जन्म जयन्तिका अवसरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतले आफूलाई सरकारबाट हटाउन लागेको अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई दिएर जारी स्थायी कमिटी बैठकमा सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा मागेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको हो।

बिहीबार प्रधानमन्त्री ओलीले संसदको बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि नेकपा विभाजनको संघारमा पुगेको विश्लेषण हुन थालेको छ। पार्टी विभाजन हुन नदिन नेकपाका दोस्रो तहका नेता सक्रिय भएका छन्। शुक्रबार नेकपा दोस्रो तहका नेताबीच भएको छलफलले सहमति गर्न शीर्ष नेताहरुलाई खबरदारी गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा

आजदेखि सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ हुँदै

मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।