निर्वाचन आयोगमा कसले दर्ता गर्‍यो ‘नेकपा एमाले’ ?

election-commission-nirbachan-aayog

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले ‘नेकपा एमाले’ नामको दल दर्ताका लागि आयोगमा निवेदन प्राप्त भएको जानकारी दिए । ‘आयोगमा नेकपा एमाले नामको दल दर्ताका लागि निवेदन आएको छ, सोबारे थप विषय जाँचबुझकै क्रममा छ,’ आयोगका प्रवक्ता श्रेष्ठले राजधानीसँग भने ।

 

प्रवक्ता श्रेष्ठका अनुसार नयाँ दल दर्ताका लागि सोमबार आयोगलाई प्राप्त निवेदनमा पार्टी अध्यक्षको नाम सन्ध्या तिवारी उल्लेख छ । उनी झापाकी स्थायी बासिन्दा हुन् । आयोगका प्रवक्ता श्रेष्ठले पुराना दुई दलबीच एकीकरण भएपछि सो नाममा अन्य कुनै दल दर्ता नभएको र एकीकरणको एक वर्षसम्म सोही नाममा अन्य कुनै पनि व्यक्तिले दल दर्ता गर्न नपाइने कानुनी व्यवस्था रहेको बताए ।

तर, पुराना दुई दल तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको एक वर्ष बितिसकेकाले आवश्यक कागजात ल्याएर प्रक्रिया पु-याए सो नाममा दल दर्ता हुन सक्ने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

मंगलबारको नेकपाको स्थायी समिति बैठकमा आयोगमा नेकपा (एमाले) नामको दल दर्ता गर्न कसको निर्देशनमा निवेदन दर्ता भयो भन्दै नेताहरुले प्रश्न गर्न थालेपछि बैठकको एजेन्डा नै विषयान्तर भएपछि बैठक प्रभावित भएको थियो ।

बैठकमा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीकै निर्देशनमा नेकपा एमाले बिउँताउने निवेदन दर्ता भएको भन्दै आक्रोश पोखेका थिए । राजधानी दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा