June 29, 2020

बाढीका कारण नदीमा कटान बढेपछि मर्मतका लागि सरकारको चासो

 2020 Jun 29 | 07:26 am 14
काठमाडौं, असार १५ः नदीको बहाव बढेसँगै तराईको जनजीवनमा बाढी र डुबानको त्रास बढ्न थालेको छ । बाढीका कारण नदीमा कटान बढेपछि तत्काल मर्मतका लागि नेपाल सरकारले उच्च चासोसँगै क्रियाशीलता देखाएको छ । त्यसक्रममा आपतकालीन रूपमा मर्मत सुरु गरिएको छ । दुई दिनअघि महाकाली नदीको कटान बढेपछि यस खालको प्रयास थालिएको हो ।

जलउत्पन्न प्रकोप व्यवस्थापन महाशाखाअन्तर्गत नदी व्यवस्थापन शाखालाई सीमा क्षेत्रका नदीबाट हुने डुबानको अवस्था अद्यावधिक राख्न जिम्मेवारीसमेत दिइएको छ । नेपाल–भारत सीमा क्षेत्रमा बाढी र डुबान पर्न सक्ने साना ठूला गरेर १ सय ४८ नदी र खोला छन् तर मुख्यरूपमा तटबन्ध रहेका १७ वटा नदी अलि बढी संवेदनशील छन् ।

आइतबार झापाको कन्काई नदीले कटान गर्न थालेपछि त्यहाँका बासिन्दा सुरक्षित रहने उपाय अपनाउन थालेका छन् । नेपालमा यतिबेला तराई क्षेत्र आसपास निरन्तर वर्षा भइरहेको छ । साथै पहाडी भूभागमा पनि बदलीकै अवस्थामा केहीबेर रोकिँदै वर्षा हुने क्रम जारी छ । मनसुन सुरु भएको १६ दिन मात्र पुगेको छ तर नेपालका साना ठूला नदीमा पानीको सतह बढ्न थालिसकेको छ ।

दुई दिनअघि मात्र बाढीका कारण महाकाली नदीमा कटान बढेको छ । त्यहाँ नेपालतर्फको बाँध बाढीले कटान गरिरहेको छ, मर्मत तत्काल गर्नुपर्छ भनेर निर्देशन दिइसकेका छौँ, आपतकालीन रूपमा मर्मत सुरु भएको छ, नदी व्यवस्थापन शाखाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर विष्णुदेव यादवले जानकारी दिए ।

उनका अनुसार पुरानो बाँध भएकाले त्यहाँको लञ्चिङ र स्परहरू बाढीले भत्काइसकेको छ । बाँध छोइसकेको छ । बाँध काटियो भने करोडौँको नोक्सान हुन्छ, पानी सबै नेपालको बस्तीमा आउँछ, त्यसैले क्रियाशीलता बढाइएको हो । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा