स्थायी कमिटीले निर्णय गरेर न्याय दिलाओस् : वामदेव

Bamdev

काठमाडाैं । नेकपाकाे स्थायी समिति बैठकमा उपाध्यक्ष गौतमले आफूले २५ वर्षदेखि उठाएको कुरामा अहिले आएर सरकारले निर्णय गरेको भन्दै आफूलाई धन्यवाद दिन प्रस्ताव गरेका छन् ।

‘त्यतिखेर मैले महाकाली सन्धि गलत छ, यसको मुहान पनि पहिल्याऔं भन्दा मसहित १६ जनालाई कारबाही गरियो, अहिले आएर पार्टी त्यही लाइनमा गयो,’ उनले भने, ‘त्यतिखेर तत्कालीन एमालेले मलाई कारबाही गरेर अन्याय गरेको छ, यो स्थायी कमिटीले निर्णय गरेर न्याय दिलाओस् ।’

गौतमले त्यतिखेर महाकाली सन्धिको विरोध गर्दा संसद्मा झन्डै कुटाकुट भएको स्मरणसमेत गरेका थिए । उपाध्यक्ष गौतमले अहिले लिम्पियाधुरासहितको नक्सा जारी गरेर सरकारले वाहवाही कमाएको उल्लेख गर्दै अरू विषयमा पार्टीको निर्णय मान्न सुझाव दिए । ‘पार्टीको एउटा निर्णयलाई मात्रै काँध थाप्दा पनि सरकार लोकप्रिय हुँदो रैछ, अरू पनि पार्टीको निर्णय मान्ने गर्नुस्,’ उनले भने ।

 

उपाध्यक्ष गौतमले कालापानीबाट सेना हट्नु नै नेपालको सफलता हुने जनाउँदै त्यसका लागि वार्ताको पहल गर्नुपर्ने बताएका थिए । गौतमसहित अरू स्थायी कमिटी सदस्यहरूले पनि भूमि फिर्ता गराउन पहल गर्नुपर्नेमा जोड दिए ।

स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गरिनुपर्ने कुरा आएको भन्दै त्यसका लागि अहिले नै उपयुक्त समय भने नभएको बताए । ‘यहाँ सीमा समस्यालाई अन्तर्राष्ट्रियकरण गरौं भन्ने कुरा पनि उठे, त्यसका लागि विधि र प्रक्रिया हुन्छन्,’ उनले भने, ‘अहिले बहस त्यतापट्टि मोड्नुभन्दा पनि भारतसँग जतिसक्दो छिटो वार्ता गरेर समस्या समाधानतिर लाग्नु नै उपयुक्त हुन्छ ।’ देवेन्द्र पौडेलले पनि अहिले नै अन्तर्राष्ट्रिय अदालतमा जाने कुरा गरेर उत्तेजित हुन नहुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक