नेकपा बैठकमा जब वामदेव जंगिए

Bamdev असार १३,काठमाडौं। सत्तारुढ दल नेकपाको स्थायी कमिटि बैठकमा सीमा समस्या तथा समाधान एजेण्डामा छलफल चलिरहेको छ। गएको बुधबार शुरु भएको बैठक शनिबार पनि बस्यो।

बैठकमा सीमा समस्याबारे छलफल हुँदा वामदेव गौतम जंगिए। उनी जंगिनुको विशेष कारण छ। उनले बैठकमा महाकाली सन्धीको विरोध गर्दा तत्कालिन एमालेले कारबाही गरेको तर, अहिले आफूले उठाएको कुरा ठिक देखिएकाले नेताहरुले यो विषयमा गल्ति स्वीकार गर्नुपर्ने बताए।

उनले महाकाली सन्धी हुँदा काली नदीको मुहान लिम्पियाधुरा भएको किटान गरौं भन्दा आफूमाथि पार्टीले कारबाही गरेको भन्दै अहिले सोही लिम्पियाधुरासहितको नक्शा जारी हुँदा त्यतिबेलाको आफ्नो कुरा सही भएको बताए।

बैठकमा सहभागी स्थायी कमिटि सदस्य देवेन्द्र पौडेलले उपाध्यक्ष गौतमले महाकाली सन्धीको विरोध गर्दा आफूमाथि कारबाही गरेकामा गुनासो गरेको जानकारी दिए। पौडेलले भने, ‘आजको बैठकमा पनि नेताहरुले सीमा समस्याबारे बोल्नु भयो। वामदेव जीले गुनासो व्यक्त गर्नु भयो।’

महाकाली सन्धीका कारण तत्कालीन नेकपामा चर्केको विवादका कारण पार्टीसमेत विभाजन भएको थियो।

उता शनिबारको बैठकमा मणि थापा र टोपबहादुर रायमाझीले भारतले अतिक्रमण गरेको भूमि फिर्ता नभए नेपाल लड्नका लागि पनि तयार हुनुपर्ने बताए। अरु नेताहरुले भने वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र