नेताका गलामा कोरोना भगाउने कार्ड

virus-removing-2662020042035-1000x0-1

काठमाडौं । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको नेकपा स्थायी कमिटीको बैठकमा शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायत सबैजसोले गलामा नीलो डोरीसहितको एउटा कार्ड भिरेका थिए ।

पार्टीले बैठकमा प्रवेश गर्न उक्त कार्ड बनाएको भने होइन । कोरोना भाइरसबाट सुरक्षित हुन भनेर पार्टीले स्थायी कमिटी सदस्यहरुका लागि खरिद गरेर दिएको हो, जुन कार्डमा लेखिएको छ– ‘भाइरस रिमुभिङ कार्ड ।’

पार्टीले यो कार्ड ‘बियोन्ड द वाल ट्रेडिङ कम्पनी’ बाट बुधबार खरिद गरेको हो । ‘केटाकेटी हुँदा धामीले जन्तर लगाइदिन्थे । बोक्सी लाग्दैन, भूतप्रेत लाग्दैन भनेर गलामा झुन्ड्याइदिन्थे । अहिले कोरोना जन्तर लगाइदिए,’ स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले भने, ‘कार्ड माधव नेपालले ल्याउनुभएको हो । डाक्टरहरूले दिएको भन्ने छ । जापानमा पनि धेरैले लगाएर हिँड्छन् रे । घाममा नदेखाउनू भन्ने नियम रहेछ । अरूले लगाएको देखेपछि मैले मागेँ । यसले भाइरस उडाउँछ कि उडाउँदैन, उही बेसारको धूलोजस्तै हो कि †’

 

चिकित्सकहरु भने कोरोनाबाट बच्ने र बचाउने कुनै औषधि र प्रविधि विकास नभएको बताउँछन् । ‘कोरोना भाइरस नसर्ने र सरे पनि निको हुने कुनै पनि डिभाइस बनेको छैन । कुनै पनि किट वा कार्डलाई भाइरस मार्न योग्य हुने भनेर आधिकारिक निकायले मान्यता दिएका छैनन्,’ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने, ‘कुनै पनि वस्तु औषधि वा प्रतिरोधात्मक हो वा होइन भन्नलाई त आधिकारिक संस्थाले प्रमाणित गरेको हुनुपर्छ । प्रमाणित नभएको किट लगाउँदा सर्वसाधारणमा भ्रम पैदा हुन सक्छ । किट लगाएरै कोरोना सर्दैन भने त ढुक्कसँग लगाए भइहाल्यो नि । मास्क लगाउनु पनि पर्दैन । दूरी कायम गर्नु पनि पर्दैन ।’

प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको बैठकमा शुक्रबार सभापति कल्याणी खड्काले पनि ‘भाइरस रिमुभिङ कार्ड लगाएकी थिइन् । कार्डले ढुक्क नभएरै हुन सक्छ, उनले मास्क पनि लगाएकी थिइन् । उनले बैठक अवधिभरि नै मास्क खोलिनन् । ढोकैमा सेनिटाइजरको बोतल राखिएको छ । बैठक कक्षमा पनि दूरी कायम हुने गरी कुर्सी व्यवस्थापन गरिएको छ । नेकपाका सबैजसो र कांग्रेसकी रंगमति शाहीको गलामा त्यही कार्ड थियो । ‘यो कार्डले दुई मिटरसम्म भाइरसलाई निष्क्रिय बनाउँछ रे भनेर छोराले दिएको हो,’ सभापति खड्काले भनिन् । उनको छोरा विप्लव केसीको बियोन्ड द वाल ट्रेडिङ कम्पनीले चीनबाट १० हजार थान यो कार्ड नेपाल ल्याएका छन् । यही कार्ड नेकपाका नेताहरुले खरिद गरेर लगाएका हुन् ।

कम्पनीले सांसदहरुलाई २५ प्रतिशत छुट दिएर बिक्री सुरु गरेको थियो । नेकपाले बुधबार ६० वटा कार्ड खरिद गरेर स्थायी कमिटी सदस्यलाई वितरण गरेको हो । नेकपाले एउटा कार्डलाई भ्याटसहित ६ सय २५ रुपैयाँमा खरिद गरेको हो । बियोन्ड कम्पनीले नेकपाका नाममा ३७ हजार ५ सय रुपैयाँको बिल जारी गरेको छ । ‘बैठकमा सहभागीलाई वितरण गर्ने भनेर माग भएपछि ६० वटा कार्ड पार्टीले खरिद गरेको हो,’ बियोन्ड कम्पनीका प्रमुख केसीले भने, ‘सांसद र अरू नेताहरुले भने व्यक्तिगत रूपमा खरिद गर्नुभएको हो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ,  र्वैशाख ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न