वीरगन्ज – देशकै मुख्य भन्सार नाका वीरगन्जमा चालू आर्थिक वर्षको जेठ महिनामा राजस्व संकलनमा झन् अप्रत्यासित गिरावट आएको छ ।
आयातीत वस्तुमा खासै गिरावट नआए पनि वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलनमा भने अप्रत्यासित गिरावट आएको हो ।
गत आर्थिक वर्षको कार्तिकबाट लक्ष्य नभेट्दै आएको वीरगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको जेठ महिनामा भने लक्ष्यको ४२ प्रतिशत पनि राजस्व संकलन गरेको छैन ।
जेठ महिनाका लागि राजस्व विभागले देशको प्रमुख भन्सार नाका वीरगन्जलाई १६ अर्ब ८८ करोड ८३ लाख १२ हजारको लक्ष्य दिएको छ । त्यसमा वीरगन्ज भन्सारले जम्मा ४१ दशमलव ७५ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । यो भनेको लक्ष्यको आधाभन्दा कम अर्थात ७ अर्ब ५ करोड ६३ लाख मात्र राजस्व संकलन भएको वीरगन्ज भन्सार कार्यालयले सूचना अधिकारी विमलप्रसाद साहले बताए । यो समाचार आजको राजधानी दैनिकमा तुलसी भण्डारीले लेखेका छन् ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा