June 20, 2020

विदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता दिन सकिने नेकपाको निर्णय

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपाली पुरुषसँग बिहे गरेर आउने विदेशी महिलालाई ७ वर्षपछि वैवाहिक अंगिकृत नागरिकता दिन सकिने निर्णय गरेको छ ।

शनिवार बसेको सचिवालय बैठकमा संसदमा विचाराधीन रहेको नागरिकता विधेयकका कतिपय प्रावधानहरूमा छलफल भइरहेको सन्दर्भमा नेकपाले यस्तो निर्णय गरेको हो l

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘नेपाली नागरिकसंग विवाह गर्ने विदेशी महिलाले प्राप्त गर्ने अंगीकृत नागरिकताबारे भएको छलफलमा ७ वर्ष देशभित्र बसेको पुष्टि भएपछि विदेशमा नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने कारवाही चलाएको प्रमाण पेश गरेपछि नेपालमा वैवाहिक अंगीकृत नागरिकता पाउन सक्ने सहमति भएको छ ।’

उनले सामाजिक सांस्कृतिक अधिकार भने विवाह गरेको दिनदेखि नै प्राप्त गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।