नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टी विच ‘जुम कन्फ्रेन्स’ हुँदैछ

असार ५ , काठमाडौं : सरकार र पार्टी कसरी चलाउने विषयमा सत्तारु नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीविच आज भर्चुवल छलफल हुँदैछ । चिनियाँ कम्युनिस्ट पार्टी ९९ वर्ष पुगेको अवसरमा सत्तारुढ नेकपा र चीनका सय बढी नेताहरु भिडियो छलफलमा जुटेका हुन् ।

nekapachikapa_makalukhabar

चिनियाँ पक्षको चाहना अनुसार दुई देशका ठूला दुई दलविच भिडियो छलफल राखिएको हो । नेकपा स्कुल विभागका उपप्रमुख बेदुराम भुसालले चिनियाँ पक्षको चाहनाअनुसार नै कार्यक्रम निर्धारण गरीएको हो । छलफलमा करिब एक सय बढि कम्युनिस्ट नेताहरु सहभागी हुनेछन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग र नेकपाको स्कुल विभागले संयुक्त रुपमा भर्चुअल मिटिङ तयार पारेको हो । कार्यक्रम सेड्युल अनुसार आज सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले जुमबाट चिनियाँ कम्युनिष्ट पार्टीलाई ९९ वर्ष पूरा गरेकोमा शुभकामना सन्देश दिनेछन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (चिकपा) को पहलमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू यसरी छलफलमा जुटन लागेको यो दोस्रो पटक हो । यस अघि करिब आठ महिनाअघि चीनका राष्ट्रपति तथा कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङको नेपाल भ्रमणअघि काठमाडौंमा छलफल हुँदा दुई देशका दुई कम्युनिस्ट पार्टीविच ६ बुँदे सम्झौता पनि भएको थियो । उक्त सम्झौता अनुसार यो वर्ष नेकपाका सबै ४५ सय केन्द्रीय सदस्यहरूलाई चीन भ्रमण गराउने योजना भएपनि कोरोना महामारीका कारण सम्भव भएको छैन ।

आज दुई पार्टी विच कोरोना महामारीले निम्त्याएको विषयमा प्रमुख छलफल हुनेछ । छलफलमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टी स्कुल विभाग प्रमुख तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायत एक सय बढि नेताहरुको सहभागिता रहने छ ।

जुम बैठकमा केही नेताहरू काठमाडौं धुम्बाराहीस्थित पार्टी कार्यालयबाट र अरु सातै प्रदेशमा रहेका नेताहरू छलफलमा जोडिने कार्यक्रम छ ।

यता चिनियाँ पक्षबाट पार्टी अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ लगायतका नेताहरू सहभागी हुनेछन् । अन्तरक्रिया अहिले २ बजे सुरु हुने जानकारीमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा