June 10, 2020

लकडाउन खुकुलाे हुने छ: प्रधानमन्त्री

जेठ २८,काठमाडाैं। कोरोनाभाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि लगाइएको कडा लकडाउनलाई केही खुकुलो पार्ने निर्णय गर्न लागिएको प्रधानमन्त्री केपी ओलीले संसदलाई जानकारी दिएका छन्।

सरकारलाई विभिन्न क्षेत्रबाट सुझाव आइरहेको भन्दै उनले समयानुकूल ढङ्गले सामाजिक जनजीवन सहज बनाउनेबारे निर्णय हुने बताए। “निजी क्षेत्रलाई परीक्षण गर्न दिनेबारे अनि लकडाउन सरलीकरण तथा शिक्षाक्षेत्रका असहजता न्यून पार्नेबारे आजै बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्दैछ,” उनले भने।

बैठकमा लकडाउनको मोडालिटीका विषयमा छलफल हुने एजेण्डा रहेको एक मन्त्रीले जानकारी दिए। मुलुकमा दैनिक कोरोना संक्रममितको संख्या बढिरहेको छ। तर चैत ११ गतेदेखि जारी लकडाउन जेठभरी कायम हुँदा दैनिक लकडाउन उल्लंघन गर्नेको संख्या बढिरहेको छ।

कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धि उच्चस्तरीय समन्वय समितिले विभिन्न लकडाउन खुलुलो बनाउने सम्बन्धि प्रस्ताव मन्त्रिपरिषदका पेश गरेको छ।

समितिले विभिन्न सरोकारवाला निकायसँग छलफल गरी लकडाउनको मोडालिटीका विषयमा छलफल गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले पनि विभिन्न निकायका पदाधिकारीसँग लकडाउनको मोडालिटीका विषयमा छलफल गरेका थिए।

समन्वय समितिको एक सय भन्दा कम संक्रमित देखिएका जिल्लामा लकडाउन खुलुलो बनाउनु पर्नेलगायतको प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ। अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेर आर्थिक र समाजिक गतिविधि संचालन गर्न दिनुपर्ने विज्ञहरुले सुझाव दिएका थिए।

सरकारले लकडाउन खुकुलो बनाउने हल्ला चलेसँगै राजधानीमा चलहपहल बढेको छ। तर मंगलबार व्यापारीले बाक्लो रुपमा पसल खोलेपछि प्रहरीले बन्द गराएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा

आजदेखि सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ हुँदै

मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।