धनुषामा हिरासतभित्रै एक अभियुक्त मृत भेटिए

जनकपुरधाम , जेठ २८ : धनुषाको सबैलास्थित इलाका प्रहरी कार्यालयका हिरासतभित्र एक अभियुक्त झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

हिरासतको शौचालयभित्र झुन्डिएको अवस्थामा सबैला नगरपालिका-१२, बरकुर्बाका २३ वर्षीय शम्भु सदा मृत भेटिएका हुन्।

उनी झुन्डेर आत्महत्या गरेको अवस्थामा बुधबार बिहान २ बजे फेला परेको धनुषाका प्रहरी नायब उपरीक्षक रमेश्वर कार्कीले जानकारी दिए। मृतक ट्याक्टर चालक थिए। सवारी दुर्घटना मुद्दामा यही जेठ १२ गते उनलाई पक्राउ गरी हिरासतमा राखिएको थियो।

सदाले किन आत्महत्या गरे भन्ने विषयमा अहिलेसम्म केही कारण खुल्न सकेको छैन। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको प्रहरीले जनाएको छ।

यसैबीच घटना छानबिनको माग गर्दै स्थानीयले सबैला इलाका प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन्। उनीहरूले प्रहरीको भ्यानसमेत तोडफोड गरेका छन्।

अहिले आन्दोलित स्थानीयले बरकुर्बा सडक बन्द गरेर विरोध प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा