
जेठ २५,काभ्रेपलाञ्चोक। प्रतिनिधिसभा सदस्य एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारलाई सम्पूर्ण काभ्रेपलाञ्चोकका जनताले ‘विशेष धन्यवाद’ दिएको बताएका छन्। उनले भर्खरै सरकारले ल्याएको आर्थिक वर्ष २०७७/७८ को विनियोजित बजेटले काभ्रेली जनता उत्साहित भएकोसमेत उल्लेख गरेका छन्।
विश्वनै कोरोना भाइरसका कारण आक्रान्त भएको वर्तमान अवस्थामा आर्थिक सङ्कट र चुनौती झेल्दै सरकारले सिङ्गो काभ्रेपलाञ्चोकलाई समृद्ध बनाउनेतर्फ बजेट विनियोजन गरेकामा पूर्वमन्त्री बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई जिल्लावासीका तर्फबाट ‘डल्लै’ धन्यवाद दिएका हुन्।
“प्रस्तुत बजेटले जिल्लाको समग्र विकास प्रक्रियालाई अत्यन्त सही दिशासाथ अघि बढाएको छ, यसैले प्रम ओली र उनको सरकारलाई काभ्रेलीको तर्फबाट डल्लै धन्यवाद दिएको हुँ”, उनले भने।
बाँस्कोटाले राष्ट्रिय समाचार समिति (रासस) को भेटमा सडक, पुल, खानेपानी, कृषि, सिँचाइ, शहरी पूर्वाधार, सहायक राजमार्गको निर्णयसहितको बजेट व्यवस्थापन, पर्यटन पूर्वाधार, ठूला र मझौला विद्युत् आयोजनाको सम्भाव्यता अध्ययन, करिडोर निर्माण, सुरक्षण छापाखाना निर्माण, मदन भण्डारी र प्रतिरक्षा राष्ट्रिय विश्वविद्यालय स्थापना, दुई राजमार्गको स्तरोन्नति, हवाई मैदानजस्ता दर्जनौँ योजनामा करोडौँ बजेट विनियोजन भएकामा सरकारलाई ‘विशेष धन्यवाद’ दिएको बताए।
उनले भने, “हामीले धेरै काम गर्नुछ, समय पनि छ, अझ प्रदेशको बजेट आउनै बाँकी छ, म ढुक्क छु, केन्द्रमा समेट्न नसकिएका योजना वाग्मती प्रदेशले समेट्नेछ।”
अर्थमन्त्री डा युवराज खतिवडाद्वारा यही जेठ १५ गते प्रतिनिधिसभामा प्रस्तुत आव २०७७/७८ को विनियोजित बजेटमा काभ्रेपलाञ्चोकको विकास योजनाका लागि (थानीय तहबाहेक) विभिन्न शीर्षकमा अर्ब हाराहारीमा बजेट विनियोजन भएको छ ।
चालु दीर्घकालीन महत्वका योजना जारी नै रहेको र आगामी वर्षको बजेटले काभ्रेपलाञ्चोकको विकासमा अर्को फड्को मार्ने भएकाले यसपटक सरकारलाई विशेष धन्यवाद दिइएको बाँस्कोटाले बताए। उनले भने, “समृद्ध काभ्रेपलाञ्चोक निर्माणको हाम्रो यात्रा अकण्टक इन्द्रावती र सुनकोशी नदीझैँ शान्त तर गतिसाथ अघि बढिरहनेछन्।” उनले सामाजिक सञ्जालमार्फत पनि ‘प्रम ओली र उनको नेतृत्व सरकारलाई डल्लै धन्यवाद काभ्रेलीको तर्फबाट’ भनेका छन्।
त्यसो त आगामी वर्षका लागि प्रस्तुत बजेटमा काभ्रेपलाञ्चोकका १३ स्थानीय तहलाई करिब साढे चार अर्ब छुट्याइएको छ। सोमध्ये बनेपा नगरपालिकालाई रु ५२ करोड १० लाख, पनौती नपामा रु ४४ करोड ५२ लाख, धुलिखेल नपामा रु ४० करोड ४६ लाख, नमोबुद्ध नपामा रु ३८ करोड आठ लाख, मण्डनदेउपुर नपामा रु ३५ करोड ३८ लाख तथा रोशी गाउँपालिकालाई रु ३८ करोड ४९ लाख, चौँरीदेउरालीमा रु ३२ करोड ३८ लाख, भुम्लुमा रु २८ करोड ३७ लाख, तेमालमा रु २७ करोड ८८ लाख, महाभारतमा रु २६ करोड ८२ लाख, बेथानचोकमा रु २४ करोड २२ लाख र खानीखोला गाउँपालिकामा रु २० करोड १८ लाख रकम वियोजन गरिएको हो। रासस
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा
चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई
चैत २३,काठमाडौ। सरकारले पेट्रोलियम पदार्थको बढ्दो आयात घटाउने र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यसहित डिजेल
चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति