काठमाडौं, जेठ ७ : भारतमा एकै दिन ६ हजार भन्दा धेरै कोरोना संक्रमित फेला परेका छन्।
मंगलबार भारतमा ६ हजार १ सय ४७ जना नयाँ संक्रमित फेला परेका हुन्। यो सँगै भारतमा संक्रमितको संख्या १ लाख ६ हजार ४ सय ७५ पुगेको छ।
वल्डओमिटरको बुधबार बिहान पौने ९ बजेसम्मको तथ्यांक अनुसार भारतमा मृतकको संख्या ३ हजार ३ सय २ पुगेको छ। मंगलबार एकैदिन भारतमा १ सय ४६ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।
गएको २४ घन्टामा विश्वभर कोरोना संक्रमणको कारण ४ हजार ५ सय ७० जनाले ज्यान गुमाएका छन्। विश्वभर अहिलेसम्म ज्यान गुमाउनेको संख्या ३ लाख २४ हजार ५ सय ५३ पुगेको छ।
संक्रमितको संख्या ५० लाख नजिक पुगेको छ। अहिलेसम्म ४९ लाख ८२ हजार ८ सय ७५ जना संक्रमित भएका छन्। हिजो एकै दिन विश्वभर गरेर ९४ हजार ७ सय ५१ जना नयाँ संक्रमित थपिएका छन्।
मंगलबार सबैभन्दा धेरै अमेरिकामा २० हजार भन्दा बढी र ब्राजिलमा १६ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन्।
ब्राजिलमा एकै दिन ११ सय ३० जनाले ज्यान गुमाएका छन् भने भने अमेरिकामा १५ सय ५२ जनाले ज्यान गुमाएका छन्।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा