काठमाडौं, जेठ ५ : सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेशबारे हाल जारी मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने भएको छ।
आइतबार बसेको बैंठकमा पनि उक्त विषय छलफल भएको तर सो बैठकमा निर्णय हुन नसकेपछि पुनः अहिले मन्त्रिपरिषद्को बैठक बसेको हो।
स्रोतका अनुसार सो बैठकमा प्रधानमन्त्रीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई नेपालीहरुको उद्दार गर्नेबारे एक प्रस्ताव तयार गरी सोमबारको बैठकमा पेश गर्न भनेका थिए।
विदेशमा रहेका लाखौं नेपालीमध्ये ठूलो संख्यामा स्वदेश फर्किन चाहेका छन्।
भारत लगायत बिभिन्न मुलुकले आफ्ना नागरिकहरुको उद्दार थालिसक्दा पनि नेपाली नागरिकहरु अल्पत्र परिरहेको हुँदा सरकारको चौतर्फि आलोचना भइरहेको छ।
सोहिअनुसार छलफलमा सरकार रहेको उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले जानाकारी गराए।
‘सरकारले यो विषयमा केहि निर्णय गर्ने नै छ। एउटा मापदण्ड बनाएर आफ्ना नागरिक ल्याउने विषयमा निरन्तर छलफल भैरहेको नै हो,’ दुगडले भने।
सोहि मापदण्डअनुसार अल्पत्र नागरिकहरुलाई स्वदेश ल्याइनेछ।
नेपाल ल्याएपछि उनीहरुलाई राखिने क्वारेन्टिनमा आवश्यक खाद्यान्न लगायतको व्यवस्थापन र अन्य तयारी गर्ने जिम्मेवारी आपूर्ति मन्त्रालयलाई दिइसकिएको छ।
‘खाद्यान्न लगायतको तयारी हामीले सुरु गरिसकेका छौं,’ दुगडले भने।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा
काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र