काठमाडौं, जेठ ५ : सोमबार नेपालमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा संक्रमितको संख्या तीन सय चार पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नयाँ थपिएका संक्रमित रौतहट र बारा जिल्लाका हुन्।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए।
नयाँ थपिएका संक्रमितमा रौटहटको इसनाथ नगरपालिका २, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २३, २९ र ३० वर्षीय पुरुष छन्।
त्यस्तै रौतहटकै माधवनारायण नगरपालिका ३ का २८ वर्षीया महिला र बाराको कैलैया उपमहानगरपालिका ५ निवासी ३८ वर्षीया महिलालाई पनि संक्रमण पुष्टि भएको सोमबार बिहान ८ : ४५ बजे डा.अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा