April 20, 2020

मलाई स्वागत गर्न पत्र काटिएको थिएन, मन्त्रालय पुग्दा कुरा मिलिसकेको रहेछ : डा. पुन

सरुवारोग विशेषज्ञ तथा टेकु अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले मिडिया र जनताको दबाबका कारण आफूमाथिको कारवाही रोकिएको बताएका छन् । नयाँ पत्रिका दैनिकसँगको अन्तरवार्तामा उनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘ममाथि कारबाहीको तयारी भएको थियो भन्ने त मन्त्रालयका अधिकारीहरूले यसअघि मिडियामा दिएका प्रतिक्रियाबाट पनि प्रस्ट हुन्छ नि । डाक्टर भएर किन जान्ने हुने ? चेतना फैलाउँछु भन्दै किन बोल्ने ? आवश्यक परे मन्त्रालयका प्रवक्ता बोल्छन् भनेर त मिडियामा उहाँहरूले बोल्नुभएकै हो नि । छापिएकै छ नि ।’

‘तर, यो महामारीका विषयमा विज्ञ डाक्टर नबोलेर को बोल्ने भन्ने मेरो अडान अहिले पनि छ । किनकि चेतना फैलायो भने संक्रमण रोकिन्छ, त्यसैले चेतना फैलाउनु त हाम्रो धर्म हो भन्ने मेरो भनाइ छ,’ उनले थप भनेका छन, ‘महामारीका वेला निरन्तर बिरामी जाँचिरहेको डाक्टरलाई स्वागत गर्न त पत्र अवश्य काटिएको थिएन । तयारी त कारबाहीकै थियो ।’ 

तर, आइतबार मन्त्रालयमा पुग्दा स्थिति फेरिएको बताउँदै उनले भने,  असाध्यै राम्रोसँग कुराकानी भयो । म मन्त्रालयमा पुग्दा धेरै कुरा मिलिसकेको रहेछ । यसलाई कारबाही गर्छु भन्दै हिँडेका हुन् । तर, अहिले हामी सबै मिलेर जानुपर्छ भनेपछि मैले हुँदैन भन्ने कुरै भएन । मिलेर कोभिडविरुद्ध लडौँ, आपसमा नलडौँ त मैले नै भन्दै आएको छु । त्यसैले उहाँहरूको प्रस्तावलाई मैले सहर्ष स्वीकार गरेँ । तर, अब मिलेर अघि बढ्ने हो, कोरोनाविरुद्ध संगठित अभियानमा पहिलेजस्तै सक्रिय हुने हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर