न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति दिन ‘बार’ र ‘बेन्च’ बीच निरन्तर संवाद आवश्यक रहेको बताउनुभएको छ।नेपाल बार एशोसिएशनद्वारा भक्तपुरमा शुक्रबार आयोजित ‘कानून व्यवसायी महिलाको राष्ट्रिय सम्मेलन’ लाई सम्बोधन गर्दै उहाँले न्यायिक प्रणाली सुदृढ बनाउन बार–बेन्च संवादलाई औपचारिकता दिँदै नियमित रूपमा अघि बढाइने जानकारी दिनुभयो।

उहाँका अनुसार यस्तो संवादले न्याय सम्पादनमा देखिएका अवरोध हटाउन र न्यायपालिकालाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ। हाल अदालत जटिल परिस्थितिबाट गुज्रिरहेको स्वीकार गर्दै उहाँले जनकेन्द्रित न्याय प्रणाली निर्माण अपरिहार्य भएकोमा जोड दिनुभयो। न्यायाधीश नियुक्ति प्रक्रियामा उठ्ने प्रश्नप्रति टिप्पणी गर्दै वरिष्ठतम न्यायाधीश मल्लले नियुक्ति पूर्ण रूपमा पारदर्शी, योग्यता र क्षमतामा आधारित तथा राजनीतिक हस्तक्षेपमुक्त हुनुपर्ने बताउनुभयो। सुशासन र निष्पक्षता कायम गर्न न्याय परिषद्लाई अझ प्रभावकारी बनाउँदै सूक्ष्म निगरानी प्रणालीलाई निरन्तरता दिइने उहाँको भनाइ थियो।

न्याय क्षेत्रमा महिलाको सहभागिता बढ्दो भए पनि उनीहरूको क्षमतामाथि निरन्तर प्रश्न उठाइने प्रवृत्तिप्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो। पुरुष न्यायाधीश वा कानुन व्यवसायीको क्षमतामाथि कम प्रश्न उठ्ने तर महिलाले भने बारम्बार आफ्नो योग्यता प्रमाणित गर्नुपर्ने अवस्थालाई उहाँले असमान व्यवहारको उदाहरणका रूपमा उल्लेख गर्नुभयो।

“संसद् विघटनजस्ता गम्भीर संवैधानिक मुद्दामा निर्णय दिँदा समेत महिलाको क्षमतामाथि प्रश्न उठ्ने गरिएको छ,” उहाँले भन्नुभयो, “महिलाले कति पटक परीक्षा दिइरहनुपर्ने हो भन्ने प्रश्न आज पनि उस्तै छ।”

उहाँले न्याय सेवा तथा सरकारी वकिल समूहमा महिलाको उपस्थिति करिब ३० प्रतिशत पुग्न लागे पनि न्यायाधीश तहमा अझै न्यून रहेको औँल्याउँदै महिलामा गरिएको लगानीले समाज र राष्ट्रलाई दीर्घकालीन लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी कानुन व्यवसायीहरूले पनि न्यायपालिकामा पारदर्शिता, समान अवसर र लैङ्गिक समावेशिता सुनिश्चित गर्न संस्थागत सुधार आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज