काठमाडौं, चैत ११ ।
इरानसँग जारी द्वन्द्व अन्त्यका लागि अमेरिकाले १५ बुँदे सर्तसहितको प्रस्ताव पठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।अमेरिका र इरान बीचको तनाव कम गर्ने उद्देश्यले उक्त प्रस्ताव अघि सारिएको हो। इजरायल तथा अमेरिकी सञ्चारमाध्यमहरूको उद्धरण गर्दै पूर्व डोनाल्ड ट्रम्प प्रशासनले इरानलाई सर्तहरू पठाएको उल्लेख गरिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम डोएचे वेले (डीडब्लू) का अनुसार अमेरिकााले पाकिस्तान मार्फत इरानलाई उक्त सन्देश पठाएको हो।अमेरिकी प्रस्तावअनुसार, इरानले सर्तहरू पालना गर्ने संकेत गरेमा तत्काल एक महिनाको युद्धविराम लागू गर्ने योजना रहेको द न्यूयोर्क टाइम्स ले जनाएको छ।
प्रस्तावमा इरानले आफ्ना तीन प्रमुख आणविक केन्द्र ध्वस्त पार्नुपर्ने तथा परमाणु संवर्द्धन (न्युक्लियर इन्फ्रिचमेन्ट) कार्यक्रम पूर्ण रूपमा अन्त्य गर्नुपर्ने सर्त समावेश गरिएको बताइएको छ।
यद्यपि, उक्त सर्तहरू प्राप्त भएको वा नभएको विषयमा इरानले आधिकारिक धारणा सार्वजनिक गरेको छैन। इरानले भने भविष्यमा आक्रमण नहुने स्पष्ट अन्तर्राष्ट्रिय सुनिश्चितता नभएसम्म आफूहरू लडाइँ जारी राख्ने अडान दोहोर्याएको छ। इरानी सैन्य अधिकारी इब्राहिम जोलफकरी ले “इरानी राष्ट्रविरुद्ध कारबाही गर्ने सोच अन्त्य नभएसम्म अवस्था सामान्य नहुने” प्रतिक्रिया दिएका छन्।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र