April 20, 2020

मस्जिदमा लुकिछिपी बसेका सङ्क्रमितको यात्रा वृत्तान्त अध्ययन

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केस्थित मस्जिदमा लुकिछिपी बसेका १६ जनामध्ये १२ भारतीयसहित १३ जनामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टि भएपछि प्रहरीले उनीहरूको विगतको यात्रा वृत्तान्त (ट्राभल हिस्ट्री) गहन अध्ययन थालेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भक्तिविलास पोखरेलले लेखेका छन् ।

प्रहरीको प्रारम्भिक अध्ययन अनुसार सङ्क्रमितको समूह मोरङ, सुनसरी, सप्तरी र उदयपुरका विभिन्न मस्जिदमा चार महिना बिताएको पाइएको छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीका अनुसार यात्रा वृत्तान्तसँगै त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केस्थित मस्जिद आसपासमा रहेका मुस्लिम समुदायका ५३ परिवारका करिब छ सय जनाको स्वास्थ्य परीक्षण थालिएको छ । 

नमुना परीक्षण गर्ने क्रममा शनिबार पहिलो चरणमा ६९ जनाको स्वाब सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय गाईघाटले जनाएको छ । प्रहरीका अनुसार भारतबाट आएकाको रेलको टिकट, अन्य कागजपत्र र बयानका आधारमा प्रहरीले बनाएको प्रारम्भिक यात्रा वृत्तान्त अनुसार १२ भारतीय नागरिक चार महिनाअघि नै विराटनगर आएका थिए । 

गत डिसेम्बर १० अर्थात् मङ्सिर २४ गते उनीहरू दिल्लीबाट रेल मार्फत जोगवनी नाका भएर नेपाल आएको प्रारम्भिक अध्ययनले देखाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर