April 20, 2020

महरा दोषी हुन नसक्ने अदालतको फैसला

 जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाउने मुख्य आधार नै पीडित भनिएकी महिलाको इन्कारी बयान भएको ठहर गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् । 

न्यायाधीश अम्मरराज पौडेलले गरेको फैसलाअनुसार महरालाई कुनै पनि आधारमा दोषी ठहर गर्न मिल्ने प्रमाण नभेटिएको फैसलाको पूर्ण पाठमा उल्लेख छ । जिल्ला अदालतबाट महराले गत ५ फागुन २०७६ मा सफाइ पाएर छुटेको भए पनि फैसलाको पूर्ण पाठ भने केही समयअघि मात्रै आएको हो ।

पीडित भनिएकी संसद् सचिवालयकी कर्मचारीले अनुसन्धानका क्रममा र पछि अदालतमा बकपत्र गर्दा आफूमाथि बलात्कारको प्रयासको आरोप खण्डन गरेको, अनुसन्धानका क्रममा नै उनले इन्कारी निवेदन दिएको, बकपत्रमा महरा आफ्नो कोठामा नआएको भनी लेखाएकोलगायतका कारण विश्लेषण गर्दै महरा दोषी हुन नसक्ने फैसलामा उल्लेख छ ।

अदालतले ‘वयस्क उमेरको पीडित जाहेरवालाले सुझबुझका साथ बिना कुनै दबाब अदालतसमक्ष गरेको बकपत्रलाई यस अदालतले निर्णायक प्रमाणको रूपमा लिनुपर्ने हुन्छ’ भनेको छ र उनकै बयानका आधारमा महरा निर्दोष रहेको फैसला सुनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर