
वैशाख ५, काठमाडौं । चीनको गोन्जाओबाट औषधि र स्वास्थ्य सामग्री लिएर नेपाल एअरलाइन्सका दुईवटै वाइडवडी जहाज नेपाल आइपुगेका छन् । दुवै जहाज आज बिहान १५ मिनेटको फरकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
विमानस्थलले दिएको जानकारी अनुसार एउटा जहाज बिहान ७ बजे र अर्को जहाज बिहान सात बजेर १५ मिनेटमा अवतरण गरेका थिए । कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि निजी क्षेत्रले खरीद गरेको सामग्री लिन निगमका दुई जहाज विहिबार साँझ चीनको गोन्जाओतर्फ उडेको थियो ।
निजी क्षेत्रले औषधि र उपकरण ल्याउनको लागि फ्लास फ्रेटले र साङ्ग्रिला फ्रेटले जहाज चार्टर्ड गरेका हुन् । लकडाउनको अवधिमा निगमका अन्तर्राष्ट्रिय उडान सर्वाधिक भएका छन् । यस अवधिमा निगमले सात अन्तर्राष्ट्रिय उडान भरेको छ ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना