April 13, 2020

आफ्ना नागरिक फिर्ता नलैजाने देशलाई यूएईले कारवाही गर्ने

 २०७७ वैशाख १ गते , काठमाडौं। कोरोनाभाइरसको महामारीका बीचमा आफ्नो देश फर्कन चाहने नागरिकलाई फर्काउन चासो नदिने देशहरुलाई यूएईले कारवाही गर्ने भएको छ । अहिले यूएईमा कोरोनाभाइस फैलिएसँगै त्यहाँ बस्ने प्रवासी कामदारहरुले आफूहरुलाई घर फर्काउन आफ्नो देशको सरकारसँग आग्रह गरिरहेका छन् । यसरी आग्रह गर्नेहरुमा नेपालीहरु पनि छन् । यसरी आफ्ना देशका नागरिकले स्वदेश फर्काउन आग्रह गरिरहँदा जुन–जुन देशका सरकारले फर्काउन चासो दिएका छैनन्, ती देशहरु यूएईको कारवाहीको दायराभित्र पर्नेछन् ।

यूएईको मानव संशाधन र एमिरेटिसेसन मन्त्रालयले यूएईको निजी क्षेत्रमा काम गर्ने नागरिकलाई आफ्नो देश फर्काउन अस्वीकार गर्ने देशहरूसँगको सम्बन्धमा पुनर्विचार गर्ने भनेको छ । मन्त्रालेले ती देशहरुसँगको आफ्नो सम्बन्ध, श्रम सम्झौता र आपसी सहयोगका विषयमा पुनर्विचार गर्नेछ । यसमा श्रमिकको संख्या कटौती गर्ने देखि लिएर श्रम सम्झौता नै रद्द गर्नेसम्मको पुनर्विचार हुन सक्ने खलीज टाइम्सले लेखेको छ । यद्यपि कुन हदसम्मको अवस्थामा श्रम सम्झौता नै रद्द हुने हो भन्ने खुलाइएको छैन । मन्त्रालयले यीबाहेक अन्य विभिन्न विकल्पहरुको बारेमा पनि अध्ययन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत