२०७७ वैशाख १ ,काठमाडौँ । नेपालमा थप एक जनामा कोरोनाको संक्रमण (कोभिड–१९) भएको पुष्टी भएको छ । कैलालीको लम्की चुहा नगरपालिका-१ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको टीकापुर अस्पताल स्रोतले जनाएको छ। यसअघि लम्कीकै २१ वर्षीय युवकमा पनि कोरोना पोजिटिभ देखिएको थियो।वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी चैत्र १७ गतेदेखि कैलालीको लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएकी थिइन् ।
आज एक जनाको कोरोना पुष्टी भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । यसअघि हिजो वीरगञ्जमा तीन जना भारतीय नागरिक संक्रमित भेट्टिएका थिए ।
१३ जना संक्रमितमध्ये पहिलो कोरोना संक्रमित उपचारपछि घर फर्किसकेका छन् भने शुक्रराट ट्रपिकल तथा राष्ट्रिय सरुवारोग केन्द्रमा उपचार गराईरहेका दुई जना एक दुई दिनमा डिस्चार्ज हुने अस्पताल स्रोतले जनाएको छ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना