
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनको तीव्र आलोचना गर्दै अमेरिकाले दिने सहयोग रोक्ने चेतावनी समेत दिएका छन् । मंगलबार ट्रम्पले विश्व स्वास्थ्य संगठन चीन केन्द्रित रहेको र नयाँ कोरोना भाइरस प्रकोपको समयमा खराब सल्लाह जारी गरेको आरोप लगाउँदै अमेरिकी सहयोग रोक्ने चेतावनी दिएका हुन् । राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटरमार्फत् डब्लुएचओको कार्यशैली प्रति आक्रोश पोखेका छन् । स्वास्थ्य संगठनले अमेरिकालाई नराम्रो सल्लाह दिएको आरोप लगाएका छन् । ट्रम्पले संगठनको पूर्वसल्लाह अस्वीकार गरेर चीनसँगको नाका बन्द गरेकोमा भाग्यवस् ठानेका छन् । ‘उनीहरूले यसलाई गलत भनेका छन्’ राष्ट्रपति ट्रम्पले मगंलबार वाइट हाउसमा भनेका थिए, ‘तर अब हामी संगठनलाई दिँदै आइरहेको कोष कटौती गर्नेछौं । यसले ठूलो क्षति पुग्छ, परिणाम नियाल्ने छौं ।’
संयुक्त राज्यका प्रवक्ता स्टेफेन डुज्यारिकले पनि ट्रम्पको आलोचना अस्वीकार गरेका छन् । उनका अनुसार संगठनले डिरेक्टर जेनरल ट्रेडस एड्हानोमको नेतृत्वमा कोरोनाको महामारीमा विभिन्न देशलाई ठूलो सहयोग र्पुयाउँदैछ ।उनले भनेका छन्, ‘विभिन्न देशहरूमा लाखौं उपकरण सहयोग गर्दै आइरहेका छौं । विश्वव्यापी दिशानिर्देशकहरू देखाउने सन्दर्भमा संगठनले अन्तराष्ट्रिय स्वास्थ्य प्रणालीको शक्ति देखाउँदै छ,’ उनले थप भनेका छन् ‘कि संगठनले हालसालै संक्रमक र घातक रोगहरूसँग लड्न सफलतापूर्वक आफ्नो स्टाफहरू अग्रस्थानमा राखेर प्रशंसायोग्य काम गरेका छन् ।’
राष्ट्रपति ट्रम्पले मगंलबार अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागका महानिरीक्षकलाई समेत आरोप लगाएका छन् । ट्रम्पले महानिरीक्षकलाई कोरोनाभाइरस प्रकोपको अग्रबिन्दुमा व्यक्तिगत सुरक्षा उपकरणको अभावले अमेरिकी अस्पतालहरूमा नक्कली कागजी उत्पादन गरेको आरोप लगाएका हुन् ।अमेरिकी विश्लेषकले राष्ट्रपति ट्रम्प इतिहाँसकै असफल राष्ट्रपति भएको बताएका छन् । कोरोना भाइरसले अमेरिकामा हज्जारौं नागरिक मरिरहँदा राष्ट्रपति ट्रम्पले कुनै ठोस योजना बनाउन नसकेको उनीहरुको दावि छ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत