कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले निजी क्षेत्रका अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिए पनि अधिकांश अस्पताल गम्भीर छैनन् । कोरोनाको त के कुरा, अन्य रोगका बिरामी पनि अस्पतालले हेर्न मानिरहेका छैनन् । गोरखापत्रमा खबर छ ।सरकारले निजी क्षेत्रका अस्पतालसँग कोरोना उपचारबारे पटक पटक छलफल गर्नुका साथै ती अस्पताल र चिकित्सकलाई विभिन्न सुविधा दिने घोषणा पनि गरिसकेको छ । सोमबारकोे मन्त्रिपरिषद् बैठकले निजी क्षेत्रका चिकित्सकलाई सरकारी चिकित्सकसरह नै सुविधा दिने निर्णय गरेको छ । तथापि निजी क्षेत्रका अस्पताल उपचार गर्न उत्साहित छैनन् ।
चीनमा कोरोना भाइरसको महामारी सुरु भएदेखि नै सरकारले निजी क्षेत्रका अस्पताललाई सतर्क रहन निर्देशन दिएको थियो । पाटन अस्पतालले माघ १३ गते नै निजी तथा सरकारी अस्पतालसँग छलफल गरी तयारी अवस्थामा रहन आग्रह गरिसकेको थियो । त्यसपछि पनि स्वास्थ्य मन्त्रालयदेखि अन्य निकायले निजी अस्पतालको निरन्तर सम्पर्कमा रही छलफल गरिरहेका छन् । तर अधिकांश अस्पतालले अझै ढिलासुस्ती गर्दै आएका छन् । कतिपय अस्पताल त सुनसान र बन्द अवस्थामा छन् । कतिपय अस्पतालले ज्वरो आएका बिरामीलाई भर्नासमेत लिन मानेका छैनन् । तीनकुनेस्थित कान्तिपुर अस्पतालमा सोमबार एक आफन्तलाई ज्वरो आएको छ, जँचाउनु छ, ल्याऊँ कि नल्याऊँ भनी रिसेप्सनमा सोध्दा आकस्मिक कक्षमा गएर बुझ्न भनियो ।
आकस्मिक कक्षमा बुझ्न जाँदा सुरुमा कति ज्वरो छ, कुन देशबाट आएको हो, कति दिनदेखि ज्वरो आएको छ, सबै कुरा सोधेपछि ज्वरो हेर्ने डाक्टर नै आएको छैन भनेर फर्काइयो । त्यस्तै बानेश्वरमा रहेको एभरेस्ट अस्पतालको चेनगेट नै लागेको थियो । भित्र कर्मचारी थिए ।
उनीहरूलाई पनि ज्वरोको बिरामी जँचाउनु छ भनी सोध्दा त्यहाँबाट त सीधै यहाँ अहिले डाक्टर नै छैनन् भन्ने जवाफ दिइयो । ग्वार्कोमा रहेको ग्लोबल अस्पताल पनि बेखबर जस्तो देखियो । अस्पताल सुनसान थियो । रिसेप्सनमा सोध्दा अस्पतालमा कोरोना भाइरस भएका कुनै बिरामी नै नआएको र जाँच्ने तथा उपचार गर्ने तयारी पनि नरहेको जानकारी दिइयो । डाक्टरहरू पनि अस्पताल आउन नचाहेको रिसेप्सनबाट जानकारी प्राप्त भयो ।
ग्वार्कोमै रहेको बीएन्डबी अस्पतालले भने ज्वरो क्लिनिक सञ्चालन गरेको छ । अस्पतालले सुुरुदेखि नै तीन बेडको आइसोलेसन वार्ड सञ्चालन गर्दै आइरहेको जानकारी सो अस्पतालका डा. सरिता पाण्डेले दिइन् ।
कोभिड–१९ बिरामीका बारेमा सो अस्पतालले सम्पर्क व्यक्तिका रूपमा डाक्टर पाण्डेलाई तोकेको छ । उनका अनुसार अस्पतालले प्लान ‘सी’अनुसार आइसोलेसन वार्ड तयारी गरिरहेको छ । सो अस्पतालले अध्ययन अध्यापन गराउँदै आएको बीएमआईमा छुट्टै आइसोलेसन वार्ड तयारी गरिरहेको छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर