कोभिड–१९ बाट ढुवानीमा देखिएको गतिरोध समाधानका निम्ति भारतको कोलकाता र हल्दिया बन्दरगाहले कन्टेनर र बल्क कार्गोमा लाग्ने जरीवाना मिनाहा गर्ने भएका छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा ओमप्रकाश खनालले लेखेका छन् ।

नेपालको तेस्रो मुलुकसँगको व्यापारमा अधिक चल्तीमा रहेको कोलकाता बन्दरगाहले गत मार्च २२ देखि अप्रिल १४ सम्म आएका कार्गोमा यो अवधिमा निःशुल्क समय गणना नहुने बताएको हो ।
पोर्टले सूचना निकालेर यो अवधिमा बन्दरगाहमा अनलोड भएका कार्गोलाई यस्तो सहुलियत घोषणा गरेको हो । बन्दरगाहले रेलमार्फत ढुवानी हुने कार्गोलाई २० र सडकमार्गमा १० दिन निःशुल्क समय दिन्छ ।
बन्दरगाहमा अनलोड भएको कार्गो यो समयभन्दा बढी बन्दरगाहमा राख्नुपरेमा जरीवाना तिर्नुपर्छ । बन्दरगाहको सूचनाअनुसार २२ मार्चदेखि १४ अप्रिलसम्म यो निःशुल्क समय गणना हुँदैन । रेल र सडक दुवै मार्गबाट हुने ढुवानीमा यो सहुलियत दिइनेछ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर