April 6, 2020

एक हप्ता लकडाउन थप गर्ने सरकारको निर्णय

 

काठमाडौं। सरकारले लकडाउनलाई थप एक हप्ता लम्ब्याउने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउन बैखाश ३ गतेसम्म थप गर्ने निर्णय गरेको हो।

कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न भन्दै सरकारले चैत ११ गते लकडाउन घोषणा गरेको थियो। मंगलबार (भोलि) लकडाउनको अवधि सकिने भएपछि सोमबार मन्त्रिपरिषद बैठक बसेर लकडाउनको अवधि एक हप्ता थप गर्ने निर्णय गरेको हो।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमण नेपालमा पनि देखिएपछि सरकारले उच्च सतर्कता अपनाउँदै आएको छ।

दुई दिनअघि सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन भन्दै एउटा स्थानीय तहबाट अर्को स्थानीय तह र एउटा प्रदेशबाट अर्को प्रदेशमा आवतजावत गर्न प्रतिबन्ध लगाएको थियो।

एकै दिन तीनजना व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि सरकारले लकडाउनलाई कडा ढङ्गले लागू गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा