April 3, 2020

इँटा उद्योग बन्द नहुने, तीन गुणासम्म मूल्य वृद्धि हुने प्रक्षेपण

कोरोेना भाइरस (कोभिड—१९) नियन्त्रण तथा रोकथामका लागि नेपाल यति बेला लकडाउनमा रहे पनि मुलुकभरका इँटा उद्योग भने बन्द नहुने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडका अनुसार निर्माण सामग्रीका साथै इँटा उत्पादन पनि अत्यावश्यक वस्तुअन्तर्गत पर्ने भएकाले इँटा उद्योग बन्द नभएका हुन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा हिमा वि.क.ले लेखेकी छन् । 

इँटा उद्योग मौसमी भएकाले यसलाई अहिले बन्द गर्ने हो भने आगामी दिनमा इँटाको मूल्य महँगो हुनेछ । त्यही भएर सुरक्षाका उपायहरू अपनाएर उत्पादन गर्न उद्योगीहरूलाई जानकारी गराइएको राज्यमन्त्री दुगडले बताए । यद्यपि नेपाल इँटा उद्योग महासंघले १ हप्ताअघि इँटा उद्योग बन्द नगर्न भन्दै मन्त्रालयमा निवेदन दिएको थियो ।

मजदूर तथा श्रमिकहरू इँटा उद्योगभित्र नै बस्ने र बाहिरको आवतजावत पनि कम हुने भएकाले कोरोना भाइरसको संक्रमण उच्च नहुने उनको तर्क छ । कोइला आयातका लागि ढुवानी गर्न सवारीसाधनलाई पास तथा सुरक्षाको व्यवस्था मिलाइएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर