स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी, सार्वजनिक तथा सरकारी अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा नरोक्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारी, निजी तथा सामुदायिक अस्पताललाई आकस्मिक सेवा दिई बिरामीको उपचार गर्न निर्देशन दिए । गोरखापत्रमा खबर छ ।
कोरोना भाइरसको शङ्कामा अस्पतालले बिरामी फर्काइरहेको बेला यस्तो निर्देशन दिइएको हो ।
उनले अस्पतालमा उच्च ज्वरोका बिरामी जाँदा उपचार नगरेर मृत्यु भएको भन्ने समाचार बाहिर आएकाले ज्वरो लगायतका समस्या लिएर आउने बिरामीलाई उपचार गर्न निर्देशन दिए । डा. कार्कीले अस्पतालले ज्वरोका बिरामीलाई कोरोनाको आशङ्कामा उपचार नगरेको भन्ने खबर आएको छ । आशङ्काको भरमा बिरामीको उपचार नगर्दा विभिन्न रोगबाट पीडित बिरामीको मृत्यु हुने सम्भावना हुन्छ भने । उनले अस्पताललाई चाहिने आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उपलब्ध गराएका छौँ, त्यसैले ज्वरोको बिरामीको स्वास्थ्य परीक्षण नगरी मर्ने स्थितिमा नपु¥याउनुहोस् भने ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर