April 1, 2020

एसईई विद्यार्थीका लागि नयाँ सुविधा

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि घरमै बसेर परीक्षा तयारीमा जुटेका विद्यार्थीले अब आफूले नजानेको प्रश्न घरबाटै सम्बद्ध विषय शिक्षकलाई सोध्न पाउनेभएका छन् । गोरखापत्रमा खबर छ ।

विद्यार्थीको परीक्षाको तयारीमा सुविधा पुग्नुका साथै अभिभावकलाई समेत केही राहत महसुस होस् भनेर शिक्षकको छाता संस्था नेपाल शिक्षक महासङ्घको पहलमा विद्यार्थीका प्रश्नको जिज्ञासा घरमै समाधान गरिदिने उपायको खोजी गरिएको हो ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले एसईईका विद्यार्थी केही दिनदेखि निकै तनावमा परेको र अभिभावकसमेत यसबाट पीडित भएकाले परीक्षा तयारी सहज बनाउन यस खालको प्रबन्ध गरिएको बताए । विद्यार्थीले अब अङ्ग्रेजी, नेपाली, विज्ञान, गणित, सामाजिक विषयको कुनै प्रश्नको उत्तर नआए टेलिफोनबाटै विषय विज्ञ शिक्षकलाई सोध्न पाउनेभएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसितको समन्वयमा शिक्षक विद्यार्थीको टेलिफोन संवादलाई टोल फ्री नम्बर बनाएर निःशुल्क बनाइने योजना रहेको महासङ्घका अध्यक्ष थापाले बताए ।

महासङ्घले यसका लागि एक विषयका सात शिक्षकको सूची सार्वजनिक गरेको छ । सबै प्रदेशबाट सबै विषयमा एक÷एक शिक्षक रहनेगरी कुल ३५ शिक्षकको सूची तयार पारिएको बताइएको छ । रोस्टरमा रहेका शिक्षकमध्ये विद्यार्थीले जुनसुकै शिक्षकलाई पनि सोध्न सक्नेछन् । लामो समयदेखि विद्यार्थी शिक्षकसँग सम्पर्कबाहिर रहेको र केही नजानेको कुरासमेत सोध्न नपाउने अवस्थामा विद्यार्थीको पठनपाठनमा झनै समस्यामा पर्ने भएकाले आफूहरूले यस खालको उपाय निकालेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित

संस्था दर्ता र नियमनका लागि एकीकृत कानुनको प्रस्ताव

काठमाडौँ, भदौ ५ गते।सरकारले संस्था दर्ता, नियमन र व्यवस्थापनका लागि छाता कानुनको रूपमा एकीकृत विधेयकको

सैद्धान्तिक विचलनको सन्त्रास

 १ भदौ २०८२, आइतबार केही दिनअघि सरकारले नागढुङ्गामा निर्मित सुरुङ मार्गबाट आवागमन गर्ने सवारीसाधनले तिर्नुपर्ने

प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।

पोखरा महानगरको ‘भ्रष्टाचार’ : सवा अर्बको लगानी, बालुवामा पानी !

काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित