कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि घरमै बसेर परीक्षा तयारीमा जुटेका विद्यार्थीले अब आफूले नजानेको प्रश्न घरबाटै सम्बद्ध विषय शिक्षकलाई सोध्न पाउनेभएका छन् । गोरखापत्रमा खबर छ ।

विद्यार्थीको परीक्षाको तयारीमा सुविधा पुग्नुका साथै अभिभावकलाई समेत केही राहत महसुस होस् भनेर शिक्षकको छाता संस्था नेपाल शिक्षक महासङ्घको पहलमा विद्यार्थीका प्रश्नको जिज्ञासा घरमै समाधान गरिदिने उपायको खोजी गरिएको हो ।
नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले एसईईका विद्यार्थी केही दिनदेखि निकै तनावमा परेको र अभिभावकसमेत यसबाट पीडित भएकाले परीक्षा तयारी सहज बनाउन यस खालको प्रबन्ध गरिएको बताए । विद्यार्थीले अब अङ्ग्रेजी, नेपाली, विज्ञान, गणित, सामाजिक विषयको कुनै प्रश्नको उत्तर नआए टेलिफोनबाटै विषय विज्ञ शिक्षकलाई सोध्न पाउनेभएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसितको समन्वयमा शिक्षक विद्यार्थीको टेलिफोन संवादलाई टोल फ्री नम्बर बनाएर निःशुल्क बनाइने योजना रहेको महासङ्घका अध्यक्ष थापाले बताए ।
महासङ्घले यसका लागि एक विषयका सात शिक्षकको सूची सार्वजनिक गरेको छ । सबै प्रदेशबाट सबै विषयमा एक÷एक शिक्षक रहनेगरी कुल ३५ शिक्षकको सूची तयार पारिएको बताइएको छ । रोस्टरमा रहेका शिक्षकमध्ये विद्यार्थीले जुनसुकै शिक्षकलाई पनि सोध्न सक्नेछन् । लामो समयदेखि विद्यार्थी शिक्षकसँग सम्पर्कबाहिर रहेको र केही नजानेको कुरासमेत सोध्न नपाउने अवस्थामा विद्यार्थीको पठनपाठनमा झनै समस्यामा पर्ने भएकाले आफूहरूले यस खालको उपाय निकालेको उनले बताए ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर