सरकारले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम गर्न लकडाउन गर्दा सामान्य परिवारमा यसले थप पीडा थपिदिएको छ । दिनभर काम गरेर बिहान–बेलुका हात मुख जोड्ने परिवारमा लकडाउनले समस्या उत्पन्न भएको छ । त्यस्ता परिवारमा गुजारा टार्न समस्या भएको गुनासो गरिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
सरकारले सामान्य तथा मध्यम परिवारका लागि राहत घोषणा गर्दै आएको छ । कतिपय स्थानमा स्थानीय तहले त्यस्ता परिवारलाई सहयोग गर्दै आए पनि सहरी इलाकामा भने समस्या देखिन थालेको हो ।
सरकारले एक्कासि लकडाउन गर्दा कार्य क्षेत्रमा खटिएका कामदारको बिचल्ली भएको छ । उनीहरू घर सकेका छैनन् ।
मध्यपहाडी राजमार्ग निर्माणको काममा खटिएका करिब ६० जना कामदारले घर जान नपाएको गोल्डेन कम्पनीका प्रोजेक्ट म्यानेजर हिमाल पौडेलले जानकारी दिए ।
सरकारले कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर गत ११ चैत बिहान ६ बजेदेखि एक साताका लागि नागरिकलाई घर बाहिर निस्कन र सवारी साधन चलाउन प्रतिबन्ध गरेको थियो । सरकारले पुनः आइतबार लकडाउनको अवधि एक साता थप गरेको छ ।
लकडाउनमा सवारी सञ्चालनमा प्रतिबन्धका कारण सामान्य परिवारका कोही सदस्य बिरामी हुँदा हिँडेरै अस्पताल पुग्नुपर्ने अवस्था सिर्जना भएको छ । न्यून तथा मध्यम वर्गीय परिवारले आर्थिक कमजोर अवस्थाका कारण एम्बुलेन्स रिजर्भ गर्न नसक्ने र अन्य सवारीसाधन सञ्चालन नहुँदा हिँडेरै अस्पताल पुग्नुपरेको हो ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर