चीनको गोन्जाओबाट कोरोना भाइरस परीक्षण र उपचारमा प्रयोग हुने साढे १२ टन मेडिकल सामग्री आइतबार काठमाडौँ ल्याइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।
नेपालले खरिद गरेका र चिनियाँ सहयोगी संस्थाले उपलब्ध गराएका मेडिकल सामग्री नेपाल ल्याइएको हो । चीनबाट अनुदान तथा खरिद गरी ल्याइएका मेडिकल सामग्री सातवटै प्रदेशमा वितरण गरिने भएको छ ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल आइपुगेको र धरानबाट कोरोना भाइरसको नमुना परीक्षण सुरु भएको जानकारी दिएका छन् ।
उनले छिट्टै अन्यत्र पनि विस्तार गरिने जानकारी दिँदै सीमा होलान्, विकसित देशलाई समेत हम्मेहम्मे परिरहेको महामारीविरुद्ध सरकार सम्पूर्ण रूपमा शक्तिका साथ लागेको छ, विनम्र अनुरोध छ, अहोरात्र खटिइरहेकालाई साथ दिनुहोस्, हौसला दिनुहोस् भने ।
काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित
काठमाडौँ, भदौ ५ गते।सरकारले संस्था दर्ता, नियमन र व्यवस्थापनका लागि छाता कानुनको रूपमा एकीकृत विधेयकको
१ भदौ २०८२, आइतबार केही दिनअघि सरकारले नागढुङ्गामा निर्मित सुरुङ मार्गबाट आवागमन गर्ने सवारीसाधनले तिर्नुपर्ने
फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।