March 28, 2020

अब बिना काम घर बाहिर निस्किए सिधै क्वारेन्टाइनमा

प्रकाशित : २०७६ चैत १५ गते ७:०८

काठमाडौं । सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गरेर बिनाकाम घरबाहिर निस्कने व्यक्तिलाई प्रहरीले सिधै क्वारेन्टाइनमा राख्ने भएको छ ।

प्रहरीले अत्यावश्यक कामबाहेक जथाभावी रूपमा सरकारको निर्णय उल्लंघन गरेर हिँड्नेलाई पक्राउ गरी क्वारेन्टाइनमा राख्ने नीति लिएको हो । लकडाउनलाई व्यवस्थित गर्न शुक्रबारबाट नै सो नीति सुरु गरिएको प्रहरीले बताएको छ । सरकारले कोरोना संक्रमित फेला परेपछि ११ चैतबाट देशभर लकडाउन गर्ने घोषणा गरेको थियो ।

लकडाउन घोषणापछि पनि सुरुवाती दिनमा प्रहरीले बिनाकाम घरबाहिर निस्कनेलाई सम्झाई बुझाई छाड्दै आएको थियो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले सरकारको निर्णयविपरीत बिनाकाम घरबाहिर सडकमा हिँड्नेलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्ने जानकारी दिए ।

‘सरकारको निर्णय मान्नु सबै नागरिकको कर्तव्य हो, बिनाकाम लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्छ,’ महानगरीय प्रहरी कार्यालयका प्रमुख पोखरेलले राजधानीसँग भने ।

उनका अनुसार यसरी पक्राउ परेकालाई अन्य थुनुवासँग नराखी छुट्टै नै राखिनेछ । ‘लकडाउन उल्लंघनपछि पक्राउ परेकालाई अन्य थुनुवासँग होइन, छुट्टै राख्ने गरी व्यवस्था मिलाइएको छ,’ पाखेरेलले थपे ।

सरकारले अत्यावश्यक सामान ढुवानी गर्ने साधन, एम्बुलेन्स, सुरक्षाकर्मीका सवारी, सञ्चारमाध्यमलगायत अत्यावश्यक सेवाका सवारीलाई मात्र सञ्चालन अनुमति दिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं डीएसपी होविन्द्र बोगटीले अनावश्यक रूपमा बाहिर हिँडडुल गर्नेलाई नियन्त्रणमा लिन प्रहरी निरीक्षकको कमान्डमा १५÷१५ जना रहने गरी दुई गाडीसहितको विशेष टोली परिचालन गरिएको जानकारी दिए । उनले सोका लागि परिसरअन्तर्गतका १४ वटै वृत्तलाई निर्देशन दिइएको बताए ।

उनका अनुसार शुक्रबार बिहानबाट साँझसम्म काठमाडौंबाट मात्रै प्रहरीले लकडाउन उल्लंघन गर्ने ४९ जनालाई नियन्त्रणमा लिएको छ । हालसम्म नेपालमा विदेशबाट आएका तीन जना कोरोना संक्रमित बिरामी फेला परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर