मागभन्दा बढी एलपी ग्यास ढुवानी गरे पनि बजारमा अभाव नहटेपछि नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यास उपभोक्ताको तथ्याङ्क राख्न सुरु गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।
ग्यास पसलबाट कसले कति लग्यो भन्ने तथ्याङ्क हरेक दिन ग्यास पसलले सङ्घलाई पठाउनैपर्ने व्यवस्था गरिएको सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।
सङ्घका अनुसार एलपी ग्यास मागभन्दा बढी आयात भएको छ तर पसलमा ग्यास नपाउने समस्या समाधान नभएपछि दैनिक तथ्याङ्क माग गरिएको हो । उपभोक्ताले अनावश्यक रूपमा अत्यधिक ग्यास मौज्दात राखेको र एउटैले ५०औँ सिलिन्डर रिजर्भ गरेकाले सर्वसाधारणले ग्यास नपाएको सङ्घको बुझाइ छ । अनावश्यक भण्डारण रोक्न उपभोक्ताको विवरण राख्न लागिएको अध्यक्ष भण्डारीको भनाइ छ ।
भारतबाट जति ग्यास आयात गरिए पनि बजारमा अभावै देखिएकाले अब कसले कति ग्यास लगेको छ त्यसको तथ्याङ्क राखिने भएको हो । अध्यक्ष भण्डारीले भन्नुभयो, विवरण सङ्कलनले ग्राहकको पहिचान हुने छ, जसले गर्दा दैनिक रूपमा दोहो¥याएर ग्यास लैजान पाउने छैन, अनावश्यक भण्डारण हुन पाउने छैन, बजारमा अभाव हुने छैन, सबैले ग्यास पाउने छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार
पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू