कोरोनो भाइरस (कोभिड–१९)को संक्रमण फैलिएका देशबाट आउने कार्गो बोकेका पानीजहाजलाई कोलकाता बन्दरगाहले क्वारेन्टाइनमा राखेर मात्रै भित्रिन दिने भएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा ओमप्रकाश खनालले लेखेका छन् ।

कोलकाता पोर्ट ट्रस्टले कोरोना संक्रमणको उच्च जोखिम भएका देशबाट आउने पानीजहाजलाई १४ दिन क्वारेन्टाइनमा राखेर अनलोडको अनुमति दिइने बिहीवार सूचना निकालेर बताएको हो ।
समुद्री मार्गमै १४ दिन बिताइसकेका पानीजहाज र चालक दललाई भने क्वारेन्टाइनमा राखिने छैन । यस्ता पानीजहाजले कोरोना संक्रमणको लक्षण देखिने १४ दिनको समय समुद्रमै बिताइसक्ने भएकाले क्वारेन्टाइन आवश्यक नपर्ने कोलकाता पोर्ट ट्रस्टका अध्यक्ष विनीत कुमारले बताए ।
भारतको स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयको निर्देशनमा बन्दरगाहले यस्तो कदम चालेको हो । ‘कारोना भाइरसको संक्रमण पैmलन नदिन समुद्रमै क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको हो । तर, समुद्री मार्गमै १४ दिन बिताएर आएका पानीजहाजका लागि यो आवश्यक छैन,’ अध्यक्ष विनीत कुमारले आर्थिक अभियानसित भने ।
विश्व स्वास्थ्य संगठनको स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर (एसओपी)अनुसार कोरोना प्रभावित देशबाट आएका पानीजहाजका चालक दल र मालसामानलाई क्वारेन्टाइनमा राखिने सूचना पठाएको नेपाल फ्रेट फर्वार्डर्स एशोसिएशनका पूर्वअध्यक्ष राजन शर्माले बताए ।
कोलकातासम्म आइपुगेका यस्ता पानीजहाजलाई समुद्रमै १४ दिनसम्म राखेर चालक दललाई कोराना संक्रमणको लक्षण नदेखिएमात्रै जहाजबाट ओर्लिन दिइने भएको छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर