March 18, 2020

साहसी आमा : चितुवासँग लडेर छोरीको उद्धार

काठमाडौं ,चैत ५, २०७६ sharethis sharing button

तनहुँकी एक महिला चितुवाको आक्रमणमा परेकी आफ्नी छोरीलाई खोसेर उद्धार गर्न सफल भएकी छिन् । शुक्लागण्डकी नगरपालिका–३, बनकेवाकी इन्दिरा न्यौपानेले सोमबार साँझ घरमै खेलिरहेकी छोरीलाई आक्रमण गरी घिसारेर ५० मिटर तल पु¥याएको चितुवासँग लडेर छोरीलाई बचाएकी हुन् ।

घरको आँगनमा रहेको धारामा आमासँग हात समातेर पुगेकी २१ महिनाकी संस्कृति न्यौपानेलाई चितुवाले आक्रमण गरी लगेको थियो । छोरीलाई चितुवाले तानेर लगेसँगै होहल्ला गर्दै आमाले चितुवासँग लडेर छोरी बचाएकी हुन् । चितुवाको आक्रमणमा परी घाइते छोरीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

चितुवाले बालिकाको पेटमा चारवटा, दुई खुट्टामा एक–एकवटा नङ्ग्रा गाडेर घाइते बनाएको अस्पतालले जनाएको छ । अस्पतालमा उपचाररत बालिकाको स्वास्थ्य खतरामुक्त रहेको बालिकाका बाबु नारायण न्यौपानेले जानकारी दिए । “गाउँमा चितुवाको आतङ्क सुरु भएको धेरै भयो । हामी सबै परिवार घरमै थियौँ । आमासँगै हात समातेर गएकी छोरीलाई चितुवाले ताने पनि श्रीमतीले साहसका साथ चितुवासँग भिडेर छोरी बचाउन सफल भइन्”, न्यौपानेले भने ।

आफूसँग रहेकी छोरीलाई चितुवाले तानेपछि चितुवाको पछिपछि गएर छोरीको खुट्टा समात्न भ्याएकाले बचाउन सकिएको इन्दिराले बताइन्। “चितुवाले छोरीलाई लगेको थाहा पाएपछि चिच्याउँदै चितुवाको पछिपछि दौडिएँ । छोरीलाई समातेर तान्दै गर्दा मलाई समेत आक्रमण गर्न थालेको चितुवा गाउँका मानिसले होहल्ला गरेपछि भागेको थियो”, उनले भन््ि ।

चितुवाको आक्रमणबाट तनहुँका विभिन्न ठाउँमा नौ जना बालबालिकाको मृत्यु भइसकेकाले गाउँमा चितुवाको त्रास बढेको इन्दिराले बताइन् ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर