
काठमाडौँ । आगामी चैत्र ६ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) को प्रश्नपत्र ७६ वटै जिल्लामा पुगेको छ।
अघिल्लो वर्ष पटक–पटक एसइइका प्रश्नपत्र आउट भएकाले यस वर्ष ६ तहमा सुरक्षा व्यवस्था गरी प्रशनपत्र जिल्ला सदरमुकाम पठाईएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष एसइइका लागि परीक्षा केन्द्रको संख्या पनि वृद्धि भएको छ ।
अघिल्लो वर्ष देशभरमा एक हजार नौ सय ६९ परीक्षा केन्द्र कायम गरिएको थियो । यो वर्ष एक हजार नौ सय ९४ परीक्षा केन्द्र कायम गरिएको छ ।
सबैभन्दा धेरै काठमाडौंमा एक सय १५ र सबैभन्दा कम मनाङ तथा मुस्ताङमा एक–एक परीक्षा केन्द्र कायम भएको छ ।
यसवर्ष चार लाख ८२ हजार दुई सय १९ जना विद्यार्थीले एसइइ परीक्षा दिँदै छन् ।
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा
चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई