क्किम सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न ‘इनर लाइन’ पर्मिट बन्द गरेको छ । विदेशी आगन्तुकलाई सिक्किम प्रवेशमा रोक लगाउन पर्मिट बन्द गरिएको हो । यसमा नेपाली नागरिक पनि पर्ने छन् ।
भुटानमा एक अमेरिकी नागरिकमा कोरोना भाइरस संक्रमण भएलगत्तै सिक्किम सरकारले विदेशीलाई आफ्नो भूभाग प्रवेशमा रोक लगाएको हो। भारतभर कोरोना संक्रमितको संख्या ३० पुगेकाले सुरक्षात्मक उपाय खोज्दै ‘इनर लाइन पर्मिट’ बन्द गरेको सिक्किमका राज्यपाल गंगाप्रसादले जनाएका छन्।
राजभवनले जारी गरेको विज्ञप्तिमा विदेशी नागरिक वा पर्यटकलाई सिक्किम प्रवेश गर्न अनुमति नदिने र विशेष नाकामा सतर्कता बढाउन निर्देशन दिइएको उल्लेख छ। चीनसँग सीमा जोडिएको व्यापारिक नाका ‘नाथुला पास’ जान पनि सिक्किम सरकारले रोक लगाएको छ। नेपालसँग सीमा जोडिएका नाकासहित रम्फू र मल्ली चेकपोस्टमा निगरानी बढाइएको छ भने चेकजाँचलाई चुस्त पारिएको छ। दुवै नाकामा खटिएका स्वास्थ्यकर्मीले हालसम्म कोभिड–१९ को लक्षण भएका कोही नभेटिएको जनाएका छन्। पर्टयनका हिसाबले चर्चित नाथुला र छाङ्गु दुवैमा विदेशी पर्यटक छिर्न दिइएको छैन। भर्खरै सिक्किम फर्किएका चीनमा अध्ययनरत पाँच विद्यार्थीमा पनि भाइरस संक्रमणको नभेटिएको सिक्किम स्वास्थ्य विभागले जनाएको छ।
सिक्किमसँग सीमा जोडिएको पश्चिम बंगाल सरकारले पनि कोरोना भाइरस संक्रमण रोकथामका लागि विशेष सतर्कता सुरु गरेको छ। सिलगढी र वरपरका क्षेत्रमा स्वास्थ्य विभागका टोली तैनाथ गरिएका छन्। भारत–नेपाल सीमा पानीट्यांकीमा जाँच र निगरानी कडा गरिएको छ। सीमा वारपार गर्ने सबैलाई सशस्त्र सीमा बलको टोलीसहित पश्चिम बंगाल राज्य स्वास्थ्य विभागका कर्मचारीले निगरानी कडा गरेका छन्। बागडोगरा एयरपोर्टमा अलर्ट जारी गर्दै सबै विदेशी नागरिकलाई स्क्रिनिङ गर्ने गरिएको छ। विशेषगरी थाइल्यान्ड, भुटान र ढाका उड्ने यात्री निगरानीमा छन्। भुटानमा कोरोना संक्रमित पाइएलगत्तै निगरानी अझ चुस्त पारिएको हो।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा