कोरोना संक्रमण: सिक्किममा विदेशीलाई प्रतिबन्ध

क्किम सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न ‘इनर लाइन’ पर्मिट बन्द गरेको छ । विदेशी आगन्तुकलाई सिक्किम प्रवेशमा रोक लगाउन पर्मिट बन्द गरिएको हो । यसमा नेपाली नागरिक पनि पर्ने छन् ।

भुटानमा एक अमेरिकी नागरिकमा कोरोना भाइरस संक्रमण भएलगत्तै सिक्किम सरकारले विदेशीलाई आफ्नो भूभाग प्रवेशमा रोक लगाएको हो। भारतभर कोरोना संक्रमितको संख्या ३० पुगेकाले सुरक्षात्मक उपाय खोज्दै ‘इनर लाइन पर्मिट’ बन्द गरेको सिक्किमका राज्यपाल गंगाप्रसादले जनाएका छन्।

राजभवनले जारी गरेको विज्ञप्तिमा विदेशी नागरिक वा पर्यटकलाई सिक्किम प्रवेश गर्न अनुमति नदिने र विशेष नाकामा सतर्कता बढाउन निर्देशन दिइएको उल्लेख छ। चीनसँग सीमा जोडिएको व्यापारिक नाका ‘नाथुला पास’ जान पनि सिक्किम सरकारले रोक लगाएको छ। नेपालसँग सीमा जोडिएका नाकासहित रम्फू र मल्ली चेकपोस्टमा निगरानी बढाइएको छ भने चेकजाँचलाई चुस्त पारिएको छ। दुवै नाकामा खटिएका स्वास्थ्यकर्मीले हालसम्म कोभिड–१९ को लक्षण भएका कोही नभेटिएको जनाएका छन्। पर्टयनका हिसाबले चर्चित नाथुला र छाङ्गु दुवैमा विदेशी पर्यटक छिर्न दिइएको छैन। भर्खरै सिक्किम फर्किएका चीनमा अध्ययनरत पाँच विद्यार्थीमा पनि भाइरस संक्रमणको नभेटिएको सिक्किम स्वास्थ्य विभागले जनाएको छ।

सिक्किमसँग सीमा जोडिएको पश्चिम बंगाल सरकारले पनि कोरोना भाइरस संक्रमण रोकथामका लागि विशेष सतर्कता सुरु गरेको छ। सिलगढी र वरपरका क्षेत्रमा स्वास्थ्य विभागका टोली तैनाथ गरिएका छन्। भारत–नेपाल सीमा पानीट्यांकीमा जाँच र निगरानी कडा गरिएको छ। सीमा वारपार गर्ने सबैलाई सशस्त्र सीमा बलको टोलीसहित पश्चिम बंगाल राज्य स्वास्थ्य विभागका कर्मचारीले निगरानी कडा गरेका छन्। बागडोगरा एयरपोर्टमा अलर्ट जारी गर्दै सबै विदेशी नागरिकलाई स्क्रिनिङ गर्ने गरिएको छ। विशेषगरी थाइल्यान्ड, भुटान र ढाका उड्ने यात्री निगरानीमा छन्। भुटानमा कोरोना संक्रमित पाइएलगत्तै निगरानी अझ चुस्त पारिएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना