एजेन्सी, १७ फागुन । अमेरिका र तालिवानबीच आज एक महत्वपूर्ण शान्ति सम्झौता हुन गइरहेको छ । लामो समयपछिको वार्तापछि दुबै पक्षले शान्ति सम्झौतामा हस्ताक्षर गर्न गइरहेका छन् ।
कतारको राजधानी दोहामा २ वर्षदेखि जारी वार्तापछि अमेरिका र तालिवानबीच शान्ति सम्झौता हुन लागेको हो । दोहाको शेराटन होटेलमा शान्ति सम्झौतामा हस्ताक्षर हुने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
शान्ति सम्झौता हस्ताक्षर समारोहमा अमेरिका, अफगानिस्तान, भारत, पाकिस्तानसहित केही राष्ट्रका कुटनीतिज्ञहरू शेराटन होटेलमा पुगिसकेका छन् ।
समाचार अनुसार आज (शनिबार) दिउँसो ४ः४५ बजे शान्ति सम्झौतामा हस्ताक्षर हुनेछ । अमेरिकाले हिंसा न्यूनीकरणका लागि गरेको एक सहमतिपछि शान्ति सम्झौता हुन लागेको हो ।
सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी हमलाको १९ वर्षछि तालिवान र अमेरिकाले शान्ति सम्झौतामा हस्ताक्षर गर्न सहमत भएका छन् । शान्ति सहमतिमपछि अफगानिस्तानमा जारी युद्ध अन्त्य हुने अपेक्षा गरिएको छ ।
तर पछिल्लो समय तालिवान लडाकुले अफगानिस्तानमा अमेरिकाको नेतृत्वमा तैनाथ गठबन्धन फौज र अफगान सुरक्षाबलमाथि तीव्र रुपमा हमला गर्दै आइरहेका छन् ।
गत हप्ता तालिवानको आक्रमणमा परी १९ जना सुरक्षाकर्मी र ४ जना सर्वसाधारणको ज्यान गएको थियो ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत