शेयर बजारमा नयाँ इतिहास , ६ अर्ब माथिको कारोबार

Price-hike_h9yZuVuljE
 धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले उकालो यात्रा तय गर्दै नयाँ इतिहास कायम गर्‍यो । बजार उकालो लाग्ने क्रम बढ्दै गर्दा झण्डै डेढ वर्ष पहिलेको अवस्थामा पुग्यो ।नेप्सेको उकालो यात्रासँगै बजार १ हजार ३०० विन्दु माथि पुगेर ‘बुलिस ट्रेन्ड’लाई स्थापित गर्‍यो । लगानीकर्तामा विश्वास बढेसँगै बजारले नयाँ गति समेटेको जानकारले टिप्पणी गरेका छन् । साताभर ५ कारोबार दिनमा बजार नयाँ विन्दुमा पुगेर बन्द भएको छ । साताभर कूल १८३ कम्पनीका दुई करोड ११ लाख ९७ हजार १९५ कित्ता शेयर छ अर्ब ६७ करोड २० लाख ६१ हजार ९३२ रुपैयाँमा खरिदबिक्री भयो । साताको पहिलो दिन आइतवार नेप्से ४२.६१ विन्दुले बढ्यो । सो दिन कूल १७९ कम्पनीका ३८ लाख ३१ हजार ५४ कित्ता शेयर १ अर्ब ३३ करोड ५७ लाख ४७ हजार ९६७ मूल्यमा खरिदबिक्री भए ।सोमवार नेप्से परिसूचक १५.१४ विन्दुले बढ्दा १८३ कम्पनीका ५५ लाख १८ हजार ६३६ कित्ता शेयरको एक अर्ब ७० करोड ५० लाख ६० हजार ६६४ बराबर कारोबार भयो ।

आइतवार र सोमवार बजार बढ्दा मंगलवार भने परिसूचक नकारात्मक दिशामा मोडियो । मंगलवार नेप्से परिसूचक ७.४८ अंकले घट्यो । उक्त दिन १८३ कम्पनीका ३७ लाख ६६ हजार ९८२ कित्ता शेयर एक अर्ब दुई करोड ६४ लाख ४३ हजार ६६६ रुपैयाँमा खरिदबिक्री भए । 

माघको पहिलो दिन परिसूचक २०.८५ अंकले बढेर कूल १७७ कम्पनीका ३० लाख ५५ हजार २३३ कित्ता शेयरको ९० करोड ४८ लाख १३ हजार ९३२ रुपैयाँमा कारोबार भयो । साताको अन्तिम दिन पनि परिसूचक बढ्ने क्रमले निरन्तता पायो ।

बिहीवार नेप्सेमा २६ अंकको सुधार देखियो । बिहीवार कूल ५० लाख २५ हजार ५६३ कित्ता शेयरको १ अर्ब ६९ करोड ९९ लाख ९५ हजार १०७ रुपैयाँमा कारोबार भयो ।

यस साता नेप्सेमा २ कम्पनीका शेयर सूचीकृत भए । ग्लोबल आइएमई बैंक र जनता बैंकको मर्जरपछि ७ करोड २० लाख ८७ हजार ८१ कित्ता र सिर्जना फाइनान्सका २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयर सूचीकृत भए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।