नेपाल भ्रमण वर्ष २०२० का अवसरमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानुसिरुबारीमा आयोजित वाग्मती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको आज भएको फाइनलमा चितवन जिल्ला विजयी भएको छ ।

विजेता चितवनले २५–२०, २५–२३ र २६–२४ को अन्तरले रामेछापलाई पराजित गरेको थियो । प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले विजेता र उपविजेतालाई क्रमशः रु दुई लाख दुई हजार २० र रु एक लाख एक हजार १० सहित ट्रफी, पदक र प्रमाणपत्रसहित पुरस्कृत गरे ।
भलिबलमा जिल्लाकै ठूलो धनराशि पुरस्कार रहेको उक्त प्रतियोगिता गत पुस २६ गतेदेखि शुरु भएको थियो । प्रतियोगितामा काठमाडौं र रसुवाबाहेक ११ जिल्लाको सहभागिता रहेको आयोजक भदौरे गणेश सामाजिक संस्थाका अध्यक्ष रवीन गौतमले जानकारी दिए ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा