January 12, 2020

साउदी सैनिकलाई अमेरिकाले देश निकाला गर्ने

अमेरिकाले फ्लोरिडाको पेन्साकोलास्थित नेभल एयर स्टेसनमा भएको गोलीकाण्डमा संलग्‍न भएको भन्दै दर्जन बढी साउदी सैनिकलाई देश निकाला गर्ने भएको छ ।

साउदी सैनिकलाई अमेरिकाले देश निकाला गर्ने

अमेरिकी सैन्य प्रतिष्ठानमा तालिम लिइरहेका दर्जन बढी साउदी सैनिकलाई देश निकाला गर्ने प्रतिष्ठानले जनाएको छ । साउदी अरेबियन मिलिटरीका सेकेन्ड लेफ्टिनेन्टले चलाएको गोली लागेर तीन अमेरिकी सैनिकको मृत्यु भएको थियो भने आठजना घाइते भएका थिए ।

सोही घटनामा गोली चलाउने व्यक्तिलाई सघाएको भन्दै र कट्टरपन्थी अभियानमा संलग्‍न रहेको पाइएपछि उनीहरुलाई देश निकाला गर्न लागिएको स्रोतले जनाएको सीएनएनमा उल्लेख छ । तर, दुईवटा स्रोतले भने उनीहरुलाई उक्त आरोप नलगाएको बताएको सीएनएनले जनाएको छ ।

अमेरिकी रक्षा मन्त्रालयका अधिकारीका अनुसार देश निकाला गर्न लागिएका साउदी सैन्यमाथि बाल अश्लीलता फैलाएकोसमेत आरोप लगाइएको छ । तर, एफबीआई र न्याय विभागले भने उक्त टिप्पणी स्वीकार गर्न नसकिने जनाएका छन् ।

“पेन्साकोला गोलीकाण्डपछि रक्षा विभागले साउदी अरेबियाका विदेशी सैन्य विद्यार्थीलाई तालिम कक्षमा प्रवेश निषेध गरेको थियो । “त्यसपछि हामीले हाम्रा विदेशी सैन्य विद्यार्थीमाथि छानबिन सुरु गरेका थियौं,” रक्षा विभागका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल रोर्बट कार्भरले भने, “अहिले तालिम स्थगित गरिएको छ । हामी नयाँ सुरक्षा रणनीति अवलम्बन गर्दै छौं ।”

पेन्साकोला गोलीकाण्डका विषयमा एफबीआईले अनुसन्धान गरेपछि दर्जन बढी साउदी विद्यार्थीलाई निवासमै सीमित गरिएको छ । एफबीआईले उक्त गोलीकाण्ड सम्भावित आतंकवादी आक्रमण भएको बताएको छ । पेन्टागनले अमेरिकामा रहेका ८५० साउदी सैन्य विद्यार्थीमाथि अनुसन्धान र समीक्षा गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने