January 12, 2020

साउदी सैनिकलाई अमेरिकाले देश निकाला गर्ने

अमेरिकाले फ्लोरिडाको पेन्साकोलास्थित नेभल एयर स्टेसनमा भएको गोलीकाण्डमा संलग्‍न भएको भन्दै दर्जन बढी साउदी सैनिकलाई देश निकाला गर्ने भएको छ ।

साउदी सैनिकलाई अमेरिकाले देश निकाला गर्ने

अमेरिकी सैन्य प्रतिष्ठानमा तालिम लिइरहेका दर्जन बढी साउदी सैनिकलाई देश निकाला गर्ने प्रतिष्ठानले जनाएको छ । साउदी अरेबियन मिलिटरीका सेकेन्ड लेफ्टिनेन्टले चलाएको गोली लागेर तीन अमेरिकी सैनिकको मृत्यु भएको थियो भने आठजना घाइते भएका थिए ।

सोही घटनामा गोली चलाउने व्यक्तिलाई सघाएको भन्दै र कट्टरपन्थी अभियानमा संलग्‍न रहेको पाइएपछि उनीहरुलाई देश निकाला गर्न लागिएको स्रोतले जनाएको सीएनएनमा उल्लेख छ । तर, दुईवटा स्रोतले भने उनीहरुलाई उक्त आरोप नलगाएको बताएको सीएनएनले जनाएको छ ।

अमेरिकी रक्षा मन्त्रालयका अधिकारीका अनुसार देश निकाला गर्न लागिएका साउदी सैन्यमाथि बाल अश्लीलता फैलाएकोसमेत आरोप लगाइएको छ । तर, एफबीआई र न्याय विभागले भने उक्त टिप्पणी स्वीकार गर्न नसकिने जनाएका छन् ।

“पेन्साकोला गोलीकाण्डपछि रक्षा विभागले साउदी अरेबियाका विदेशी सैन्य विद्यार्थीलाई तालिम कक्षमा प्रवेश निषेध गरेको थियो । “त्यसपछि हामीले हाम्रा विदेशी सैन्य विद्यार्थीमाथि छानबिन सुरु गरेका थियौं,” रक्षा विभागका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल रोर्बट कार्भरले भने, “अहिले तालिम स्थगित गरिएको छ । हामी नयाँ सुरक्षा रणनीति अवलम्बन गर्दै छौं ।”

पेन्साकोला गोलीकाण्डका विषयमा एफबीआईले अनुसन्धान गरेपछि दर्जन बढी साउदी विद्यार्थीलाई निवासमै सीमित गरिएको छ । एफबीआईले उक्त गोलीकाण्ड सम्भावित आतंकवादी आक्रमण भएको बताएको छ । पेन्टागनले अमेरिकामा रहेका ८५० साउदी सैन्य विद्यार्थीमाथि अनुसन्धान र समीक्षा गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत