January 12, 2020

इरानले आक्रमण गर्न सक्ने भन्दै इजरायली विदेशमन्त्रीको दुबई भ्रमण स्थगित

इजरायलका विदेशमन्त्रीले अर्को हप्ता हुन लागेको दुबईको भ्रमण स्थगित गरेका छन् ।

अमेरिका र इरानबीच तनाव चुलिँदै गर्दा सुरक्षा जोखिम समेत बढेको भन्दै विदेशमन्त्री इसरायल काट्जको भ्रमण स्थगन गरिएको इजरायली समाचार माध्यमले जनाएका छन् ।

जेरुसलेम पोष्टले इजरायली कुटनीतिज्ञलाई उदृत गर्दै विदेशमन्त्री काट्सको दुबई भ्रमण स्थगित भएको समाचार छापेको छ । काट्समाथि सुरक्षा खतरा उत्पन्न हुन सक्ने भन्दै जनवरीको मध्यतिर तय गरिएको दुबई भ्रमण स्थगन गरिएको हो ।

अनुसन्धानमन्त्री समेत रहेका विदेशमन्त्री काट्स जनवरीको मध्यतिर दुबई जाने कार्यतालिका तय गरिएको थियो । उनी एक्स्पो२०२० दुबईमा सहभागी हुन दुबई जान लागेका थिए ।

तर सुरक्षा अधिकारीको आग्रहमा काट्सको उक्त भ्रमण स्थगित गरिएको समाचारमा बताइएको छ । उनी दुबई जाने नयाँ तालिकाबारे केही खुलाइएको छैन ।

एक इजरालयी कुटनीतिज्ञका अनुसार जनरल सुलेमानीको हत्यापछि इरानले काट्सलाई लक्षित गरी आक्रमण गर्न सक्ने भन्दै पूर्व सावधानी अपनाइएको हो । तर काट्समाथि उत्पन्न हुनसक्ने सुरक्षा जोखिमबारे भने केही बताइएको छैन ।

विगत ४ दशकको अवधिमा इरान र इजरालयबीचको सम्बन्ध निकै कटुतापूर्ण बन्दै गइरहेको छ । इजरायल मध्यपूर्वमा अमेरिकाको प्रमुख र महत्वपूर्ण साझेदार मुलुक हो ।

अमेरिकी ड्रोन हमलामा कुर्दस् फोर्सका कमाण्डर कासिम सुलेमानी मारिएपछि अमेरिकी र इरानबीचको तनाव उत्कर्षमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत