इराकी प्रधानमन्त्रीले मिसाइल हमलाबारे इरानले आफूलाई पूर्व जानकारी गराएको बताएका छन् ।

प्रधानमन्त्री अदिल अब्दुल महदीले इरानबाट आफूले मिसाइल हमलाबारे मौखिम सूचना पाएको बताएका हुन् । जनरल सुलेमानीको हत्याको बदलामा केही समयमा नै कारबाही सुरु गर्न लागेको भनेर इरानले आफूलाई भनेको महदीले एक विज्ञप्ति मार्फत् जानकारी दिए ।
त्यस्तै इरानले अमेरिकी सेनामाथि मात्रै हमला गर्ने भनेर सूचना दिएको समेत इराकी प्रधानमन्त्रीको भनाइ छ । तर हमला गर्ने स्थानबारे इरानले नबताएको पनि महदीले प्रस्ट पारे ।
इरानबाट हमला हुने सूचना पाएलगत्तै महदीले इराकी सुरक्षाबललाई सतर्क हुन भनेका थिए ।
प्रधानमन्त्री महदीले हाल मध्यपूर्वमा खतरनाक अवस्था सिर्जना भएको र यसले उक्त क्षेत्रसहित विश्वभर युद्ध निम्त्याउने समेत चेतावनी दिएका छन् ।
इरानले आफ्ना वरिष्ठ जनरल कासिम सुलेमानीको हत्याको बदला लिने घोषणा गरेसँगै इरानले इराकमा रहेको अमेरिकाकाे सैनिकको बेसक्याम्पमा कैयौं ब्यालिस्टिक मिसाइल प्रहार गरेको हो ।
अमेरिकी सैनिकको बेसक्याम्पलाई लक्षित गरेर एक दर्जन भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।
गएको शुक्रबार इराकको राजधानी बग्दाद स्थित विमानस्थलबाट बाहिरिने क्रममा अमेरिकाले गरेको हवाई आक्रमणमा सुलेमानीको मृत्यु भएको थियो । इरानले सुलेमानीको हत्याको बदला लिने चेतावनी दिइसकेको छ ।
साथै इरानको सैन्य बल इस्लामिक रिभोलुस्नरी गार्ड कर्पले इरानमाथि पुनः हमला भए युएईको दुबई र इजरायलले हाइबामाथि हमला गर्ने बताएको छ ।
‘अमेरिकाले गरेका अपराधमा इजरायली सत्ता पृथक छैन’, इरानको सैन्य बललाई उदृत गर्दै तास्निमले लेखेको छ, ‘अमेरिकाको रक्तपिपासु र दम्भी सत्ता अर्थात सबैभन्दा ठूलो शैतानलाई चेतावनी दिन चाहन्छौं- यदि इरानमाथि थप हमला वा दुष्ट कारबाही भएमा हामीले पीडादायी र सशक्त जवाफ दिनेछौं ।’
यता इरानका सर्वोच्च नेता खोमिनीले बुधबार इराकस्थित २ वटा अमेरिकी सैन्य अखडामा हमला भएको मिसाइल हमलालाई ‘अमेरिकाका लागि झापड’ भएको बताएका छ्न् ।
इरानका सर्वोच्च नेता आयोतोल्लाह अलि खोमिनीले मिसाइल हमलालाई ‘अमेरिकाका लागि झापड’ भएको बताएका हुन् ।
बुधबार टेलिभिजनबाट सम्बोधन गर्दै खोमिनीले भने, ‘हिजो राति हामीले उनीहरुलाई झापड हान्यौं ।’ ‘यो क्षेत्रबाट भ्रष्ट अमेरिकी उपस्थितिको अन्त्य हुनुपर्छ’, सैन्य प्रतिकार मात्रै पर्याप्त नभएको भन्दै उनले थपे ।
मिसाइल हमलामा परी कम्तिमा पनि ८० अमेरिकी मारिएको इरानी समाचार माध्यमले जनाएका छन् ।
इरानको सरकारी टेलिभिजनले कम्तिमा पनि ‘८० जना अमेरिकी आतंककारी’ मारिएको जनाएको हो । १५ वटा मिसाइल हमलाबाट अमेरिकी हेलिकप्टरसहित महत्वपूर्ण उपकरणमा गम्भीर क्षति भएको समेत समाचारमा बताइएको छ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत