सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गतको पाँचौ चरणको खेल आजबाट सुरु हुँदैछ । आज हुने पाँचौं चरणको खेलमा दुई खेल हुनेछ । पहिलो खेलमा जावलाखेल युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।

लिगमा अपराजित रहेको जावलाखेल र एनआरटीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह १२ बजे सुरु हुनेछ । जावलाखेल एनआरटीलाई पराजित गर्दै शीर्ष स्थान कब्जा गर्ने दाउमा हुनेछ । यस्तै सुरुवाती खेलबाटै २ अङ्क खोसिएको एनआरटी पनि जावलाखेललाई पराजित गर्दै शीर्ष ६ मा आफूलाई सुरक्षित गर्न चाहन्छ ।
लिगमा जावलाखेल ८ अङ्कसहित लिग तालिकाको चौथो स्थानमा छ । यस्तै, आजै हुने दोस्रो खेलमा उपाधि दाबेदार मछिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो ३ बजे यी दुई टोलीबीच खेल हुनेछ ।
अपराजित रहेका दुवै टिम आजको खेलमा पनि अपराजित रहने योजनामा हुनेछन् । नतिजाले लिगको तालिकामा पनि प्रभाव पार्ने छ । मनाङ विजयी भए शीर्ष स्थानमै यथावत रहँदा मछिन्द्र विजयी भए मछिन्द्र नै शीर्ष स्थानमा पुग्ने छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा