January 6, 2020

‘ए’ डिभिजन लिग : पाँचौ चरणको खेल आजबाट सुरु हुँदै

सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गतको पाँचौ चरणको खेल आजबाट सुरु हुँदैछ । आज हुने पाँचौं चरणको खेलमा दुई खेल हुनेछ । पहिलो खेलमा जावलाखेल युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।

लिगमा अपराजित रहेको जावलाखेल र एनआरटीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह १२ बजे सुरु हुनेछ । जावलाखेल एनआरटीलाई पराजित गर्दै शीर्ष स्थान कब्जा गर्ने दाउमा हुनेछ । यस्तै सुरुवाती खेलबाटै २ अङ्क खोसिएको एनआरटी पनि जावलाखेललाई पराजित गर्दै शीर्ष ६ मा आफूलाई सुरक्षित गर्न चाहन्छ ।

लिगमा जावलाखेल ८ अङ्कसहित लिग तालिकाको चौथो स्थानमा छ । यस्तै, आजै हुने दोस्रो खेलमा उपाधि दाबेदार मछिन्द्र फुटबल क्लब र मनाङ  मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो ३ बजे यी दुई टोलीबीच खेल हुनेछ ।

अपराजित रहेका दुवै टिम आजको खेलमा पनि अपराजित रहने योजनामा हुनेछन् । नतिजाले लिगको तालिकामा पनि प्रभाव पार्ने छ । मनाङ विजयी भए शीर्ष स्थानमै यथावत रहँदा मछिन्द्र विजयी भए मछिन्द्र नै शीर्ष स्थानमा पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना