December 29, 2019

तीन नम्बर प्रदेशको नाम बागमती राख्न नेकपाको प्रस्ताव

nekapa.2019-01-29

पुष १३,काठमाडौं। सत्तारुढ दल नेकपाले प्रदेश नम्बर ३ को नाम बागमती राख्न प्रस्ताव गरेको छ। पार्टी सचिवालयको आइतबारको बैठकले प्रदेश नम्बर ३ को नाम बागमती राख्ने प्रस्ताव पारित गरेको पूर्व प्रधानमन्त्री तथा पार्टी सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिए।उनले डिसी नेपालसँग भने, ‘आज अरु विषयमा कुरा भएन, प्रदेशको नाम बागमती राख्ने प्रस्ताव थियो, पारित भयो। राजधानी भने तत्कालका लागि हेटौंडालाई नै लिएर जाने निर्णय भयो।’तीन नम्बर प्रदेश सरकारले लामो समयसम्म पनि प्रदेशको नामाकरण गर्न नसकेपछि नेकपा सचिवालय बैठकले नै तीन नम्बर प्रदेशको नाम बागमती राख्न सिफारिस गरिएको हो।तीन नम्बर प्रदेशका नेकपाको दुई तिहाई बहुमत छ। प्रदेशको नाम र राजधानी तोक्न प्रदेशसभाको दुई तिहाइ बहुमतले निर्णय गर्नुपर्ने प्रावधान छ।
आजको बैठकमा मुख्य रुपमा सभामुखको उम्मेद्वार र एमसीसीबारे निर्णय गर्ने एजेण्डा थियो। तर ती एजेण्डामा प्रवेशनै नगरी तीन नम्ब प्रदेशको नाम बागमती राख्न सिफारिस गर्ने निर्णय भएको खनालले जानकारी दिए।नेकपाले सभामुखको उम्मेद्वार चयन गर्न नसक्दा प्रतिनिसभा बैठक प्रभावित हुँदै आएको छ। ११ गतेका लागि बोलाइएको बैठक सभामुखको उम्मेद्वार टुंगो नलाग्दा १६ गतेसम्मका लागि स्थगित भएको छ। प्रधानमन्त्री ओली पूर्व सभामुख सुवास नेम्वाङलाई नै सभामुख बनाउन चाहन्छन्। तर अर्का अध्यक्ष प्रचण्डमाथि पूर्व माओवादी केन्द्रबाट सभामुख बनाउनु पर्ने दवाब छ।यसैगरी अमेरिकी सरकारले प्रदान गर्ने भनेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) स्वीकार गर्ने नगर्ने विषयमा पनि बैठकमा छलफल हुनेछ। नेकपा स्थायी कमिटीको बैठकले एमसीसी स्वीकार गर्ने नगर्ने विषयमा निर्णय गर्ने जिम्मा सचिवालय बैठकलाई दिएको थियो। नेकपाभित्र एमसीसीलाई स्वीकार गर्ने र नगर्ने विषयमा मतभेद छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा

उद्योगमा गौरी कुमारी, श्रममा रामजी यादव नियुक्त

चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई

पुराना सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न कानुनी व्यवस्था गरिने

 चैत २३,काठमाडौ। सरकारले पेट्रोलियम पदार्थको बढ्दो आयात घटाउने र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यसहित डिजेल

राष्ट्रिय परिचयपत्रलाई अनिवार्य एकल परिचय बनाउने सरकारको निर्णय, नागरिकता र राहदानी सेवा जुनसुकै जिल्लाबाट पाइने

 चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन