काठमाडौं म्याराथनमा कान्छीमायाको हृयाट्रिक

पुष ५,काठमाडौं : काठमाडौं म्याराथनको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावल र महिलातर्फ एपीएफकी कान्छीमाया कोजुले जितेका छन्।

marathin-e1576924701429

शनिबार भएको १३ औं संस्करणको काठमाडौं म्याराथनमा आर्मीका नरेन्द्रले निर्धारित दुरी २ घण्टा ३३ मिनेट १० सेकेण्डमा पुरा गरे । यस्तै कोजुले २ घण्टा ५७ मिनेट २७ सेकेण्डमा पुरा गरिन् । म्याराथनको उपाधि जितेपछि रावलले आफ्नो पहिलो म्याराथन भएको पहिलो पटक नै उपाधि जित्दा खुसी लागेको बताए ।

म्याराथन कसरी कुद्ने भन्ने नै थाहा नभएको बताउँदै उनले भने, ‘जुत्ता पनि राम्रो थिएन् । अरुको १३, १४ हजारको जुत्ता हुन्छ मेरो ३ हजारको जुत्ता थियो ।’ उनले म्याराथनको रुट भने राम्रो नभएको र भोलेन्टियरहरुलाई समेत रुटका विषयमा थाहा नभएको गुनासो गरे ।

एपीएफकी कोजुले काठमाडौं म्याराथनमा ह्याट्रिक गरेकी हुन् । उनले आफ्नो होम ग्राउण्ड भएकाले केही सजिलो भएपनि रुटमा अलमल भएको गुनासो गरिन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको म्याराथनमा आर्मीकै बेद बहादुर सुनार द्वतिय भएका छन् । उनले २ घण्टा ३४ मिनेट २० सेकेण्डमा निर्धारित दुरु पार गरे । आर्मीकै ज्ञान प्रसाद भट्टराई २ घण्टा ३४ मिनेट ४५ सेकेण्डको समयसहित तेस्रो भए । महिलातर्फ आर्मी क्लबकी सरिता बासी दोस्रो भईन्। उनले ३ घण्टा १९ मिनेट ७ सेकेण्डमा पूरा गरिन् । त्यस्तै निर्जला ताम्राकार ३ घण्टा ४५ मिनेट ४७ सेकेण्डमा दुरु पार गर्दै तेस्रो भईन् ।

म्याराथन त्रिपुरेश्वरबाट सुरु भएर थापाथली हुँदै कुपण्डोल, पाटन गेट, चकुपट, युएन पार्क, शंखमुल, बानेश्वर, तीनकुने हुँदै कोटेश्वर चोक घुमेर एयरपोर्ट, गौशाला, पशुपत, रातोपुल, नक्साल, भाटभटेनी, बालुवाटार, लैनचौर, नारायणहिटी, दरबारमार्ग, घन्टाघर, भद्रकाली र सहिदगेट हुँदै त्रिपुरेश्वर रंगशालामा पुगेर सकिएको थियो । म्याराथन विजेताले ५० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार प्राप्त गरेका छन् ।

यसैगरि हाफ म्याराथनतर्फ आर्मीकै राजन रोकाया विजयी भएका छन् । उनले निर्धारित दुरी १ घन्टा १० मिनेट २६ सेकेन्डमा पुरा गरे । यसैगरि आर्मीकै हरि कुमार रिमाल १ घन्टा ११ मिनेट १३ सेकेन्डमा दुरी पुरा गर्दै दोस्रो भए । आर्मीकै रामजी बस्नेतले १ घन्टा ११ मिनेट २१ सेकेन्डसहित तेस्रो भए।

महिलातर्फ आर्मीकै पुर्ण लक्ष्मी न्यौपानेले १ घन्टा २८ मिनेट ०३ सेकेन्डमा दुरी पार पहिलो भईन् । आर्मीकै सानुमाया कार्कीले १ घन्टा ३० मिनेट ०१ सेकेन्डमा दुरी पार गर्दै दोस्रो स्थान हासिल गरिन् । नेपाल पुलिसकी रेखा विष्टले १ घन्टा ११ मिनेट ४० सेकेन्डसहित तेस्रो भईन् । हाफ म्याराथनतर्फको दुवै समूहतर्फका विजेताले समान २० हजार , दोस्रो हुनेले १३ र तेस्रो हुनेले ७ हजार रुपैयाँ प्राप्त गरेका छन् । यसैगरी म्याराथन अन्तरगतको ५ किलोमिटर दौडमा पुरुषतर्फ विभागीय नेपाल एपीएफ क्लबका अजित कुमार यादव र महिलामा आर्मीकी सरस्वती भट्टराई च्याम्पियन बनेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा