मेलवर्नको जीतमा सन्दीपको एक विकेट

पुस ४ : अस्ट्रेलियाको घरेलु क्रिकेट लिग बिग बासको पहिलो खेलमा नेपाली युवा बलर सन्दीप लामिछाने आवद्ध मेलवर्न स्टार्सले पहिलो खेलमा ब्रिजबेन हिटलाई २२ रनले पराजित गरेको छ।

1576839726lamichhane

चर्चित अस्ट्रेलियन क्रिकेट लिगको दोस्रो सिजनको पहिलो खेलमा सन्दीप लामिछाने केही महँगो सावित भए पनि टोलीले भने जीत हात पारेका थियो।

पहिलो ब्याटिङ गरेर मेलवर्न स्टार्सले सात विकेटको नोक्सानीमा एक सय ६७ रन जोडेको थियो भने दोस्रो ब्याटिङ गर्न मैदानमा उत्रेको ब्रिजबेन हिट निर्धारित २० ओभरको खेलमा आठ विकेट गुमाउँदै मात्र एक सय ४५ रनमा समेटिएको थियो।

बिग बासको सुरूआती खेलमा मेलवर्नको जीतमा कप्तान ग्लेन म्याक्सवेलको विष्फोटक ब्याटिङसँंगै पिटर हयान्डसकम्बको २० रनको योगदान रहेको थियो।

म्याक्सवेलले ३९ बलमा ८३ रन जोडेका थिए। यता मेलवर्नका बलरहरूमा युवा स्पीनर एडरियन जाम्पाले ब्रिजबेनका महत्वपूर्ण तीन विकेट लिएका थिए भने हयारिस रौफ र  डानियल ओरालले दुई दुई विकेट लिएका थिए। पूरै ओभर गरेका सन्दीप लामिछानेले चार ओभरमा ३८ रन खर्चेर एक विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।