भ्रष्टाचारमा मुछिएका ‘ठूला माछा’ अब एकएक गरि समातिन्छन

 IshworPokhrel
 मंसिर २३,काठमाडौं, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले भ्रष्टाचार गर्ने जुनसुकै ओहोदाको व्यक्ति भएपनि छुट नदिने प्रतिवद्धता जनाएका छन्।भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवशरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरलेले ठूला माछा र साना माछाको प्रशंग चल्ने गरेको बताउँदै भ्रष्टाचारमा संलग्न जुनसुकै व्यक्तिले पनि छुट नपाउने प्रतिवद्धता जनाएका हुन्। 
‘भ्रष्टाचारका सवालमा ठूला माछा र साना माछाको प्रसंग चल्छ’, उनले भने, ‘ जुनसुकै पद र ओहोदामा बसेको व्यक्ति भएपनि भ्रष्टाचारमा संलग्न भए कोही पात्र पनि छुट पाउने छैन। छुट दिइने छैन। यो प्रतिवद्धता हो।’ उनले राजनीतिको संरक्षणमा त्यस्ता कर्महरु हुन्छन् भने तिनीहरुले छुट नपाउने कुरामा विश्वस्त हुन आग्रहसमेत गरेका छन्। भ्रष्टाचारीहरुलाई राजनीतिको संरक्षण हुने गरेका-भनिएका कुनै पनि भ्रष्टाचारजन्य कामहरुले छुटन नपाउने उनले बताए। 
जुनसुकै तहमा रहेको राजनीतिक नेतृत्वबाट भ्रष्टाचारजस्तो दुस्कर्म भएको भेटिए दण्डनीय हुने पोखरेलले बताए। भ्रष्टाचारले नियमित, आकस्मिक र सामाजिक जीवनलाई तहसनहस गर्ने बताउँदै उनले त्यस्ता कार्यमा संलग्न व्यक्तिले कुनै न कुनै रुपले दुस्परिणाम भोग्ने कुरा सत्य भएको बताए।
भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पदमा रहेका व्यक्तिहरुले आफु पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने संकल्पलाई व्यवहारमा रुपान्तरण गरेमात्रै दिवस मनाउनुले सार्थकता पाउने पोखरेलले बताए।
उपप्रधानमन्त्री पोखरेलले सरकारी, गैह्र सरकारी, निजी क्षेत्रहरुले सचेतना अपनाएर भ्रष्टाचारीलाई निरुत्साहन र सदाचारीर्लाइ प्रोत्साहन गर्न सकेमा सुखी र समृद्ध भविष्यको आधारशिला निर्माण हुने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा