December 7, 2019

महिला क्रिकेटमा नेपाललाई कास्य पदक

दक्षिण एसियाली खेलकुद अन्तर्गत नेपालले महिला क्रिकेटमा कास्य पदक जितेको छ । आज पोखरामा भएको खेलमा माल्दिभ्सलाई हराउँदै नेपालले कास्य पदक जितेको हो । माल्दिभ्लाई नेपालले १० विकेटले पराजित गरेको हो ।

माल्दिभ्सले दिएको ९ रनको लक्ष्य नेपालले सहजै हासिल गर्यो । १ ओभर १ बलमा हासिल गरेको हो । नेपालका लागि रोमा थापाले ५ र काजल श्रेष्ठले २ रन बनाए । यो खेलमा नेपालले माल्दिभ्सका ९ जना खेलाडीलाई शुन्य रनमै आउट गरेर विश्वरेकर्ड बनाएको थियो ।

आजको खेलमा माल्दिभ्सकी ओपनर आइमा आइशाथले मात्र १ रन बनाइन् । अन्य सबै खेलाडी शुन्य रनको स्कोरमा आउट हुँदै टिमको स्कोर ८ रन हुँदा अलआउट भएका थिए । नेपालका लागि अञ्जली चन्दले ४, सिता रानामगर र रुबिना क्षेत्रीले २–२ तथा सुमन खतिवडा र करुणा भण्डारीले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति